nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको बजेट ८५ करोड ४६ लाख ३३ हजार, सर्वसम्मत पास

Bajet-1593824129.jpg

मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट सर्वसम्मत पास भएको छ । १९ असारमा थाहा नगरपालिकाको सातौं नगरसभामा उपप्रमुख खड्ग गोपालीले प्रेश गरेको बजेट सर्वसम्मत पास भएको हो । नगरपालिकाले ८५ करोड ४६ लाख ३३ हजार रुपियाँको बजेट पास गरेको छ । 

नगरसभामा उपप्रमुख गोपालीले पेश गरेको बजेट माथि छलफल भएपछि ‘आर्थिक वर्ष २०७७÷०७८ को बजेट पास गरियोस’–भनी नगर प्रमुख लवशेर विष्टको प्रस्तावलाई सभाले ध्वनीकतका साथ पास भएको हो । 

थाहा नगरपालिकाको सातौं नगर सभामा प्रमुख लवशेर विष्ट (बायाँ) तथा उपप्रमुख खड्ग गोपाली (दायाँ) ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने १० असारमै पास भएको थियो ।  नगरपालिकाले कूल विनियोजनमध्ये चालुतर्फ ८ करोड ८४ लाख ६७ हजार अर्थात १०.३५ प्रतिशत र पूँजीगततर्फ ७६ करोड ६१ लाख ६६ हजार अर्थात ८९.६४ प्रतिशत रहेको छ । 

थाहा नगरपालिकाको सातौं नगर सभामा उपप्रमुख गोपाली ।अनुमान गरिएका खर्च व्यहोर्ने स्रोत मध्ये वित्तिय समानीकरण संघ १३ करोड ६ लाख रुपियाँँ, वित्तिय समानिकरण प्रदेशबाट रु १ करोड २ लाख ९६ हजार, राजश्व बाँडफाँड संघबाट ९ करोड ८८ लाख ८४ हजार रुपियाँ, राजश्व बाँडफाँड प्रदेशबाट ४ करोड ४८ लाख ३६ हजार रुपियाँ, संघीय समपुरकबाट २ करोड रुपियाँ, प्रदेश समपुरकबाट २ करोड ९९ लाख ८७ हजार रुपियाँ, प्रदेश विशेष अनुदान ५० लाख रुपियाँ, सामाजिक सुरक्षा १० करोड, सशर्त अनुदान संघबाट २५ करोड १५ लाख रुपियाँ, सशर्त अनुदान प्रदेशबाट २ करोड २९ लाख ७० हजार रुपियाँ, नगरपालिकाको आन्तरिक स्रोतबाट १० करोड १५ लाख ६० हजार र अन्य सरकारी अनुदानबाट ४ करोड रुपियाँप्राप्त हुने अनुमान छ।

थाहा नगरपालिकाको सातौं नगर सभामा बजेट पेश गर्दै उपप्रमुख खड्ग गोपाली थाहा नगरपालिकाको सातौं नगरसभामा बजेट, योजना तथा कार्यक्रमले थाहानगरको विकासमा उल्लेखनीय योगदान गरी विकासतर्फ लम्किनेछ उपप्रमुख खड्ग गोपालीले आशा व्यक्त गरेका छन् । विनियोजित बजेटलाई सबै नगरसभाका सदस्यहरुले समयमै कार्यान्वयन गर्न सक्रिय सहभागिता र सहयोग हुने उनको विश्वास छ ।

थाहानगरको प्राथमिकता आर्थिक विकास र गरिवी निवारण 

आर्थिक विकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने योजनाहरुलाई प्राथमिकतामा राखेको बजेट भाषणमा उल्लेख छ । त्यस्तै उत्पादनमूलक र छिटो प्रतिफल दिने, ठुला आयोजनाहरुको हकमा बढिमा २ वर्ष भित्र सम्पन्न हुने योजनाहरुलाई बजेट तथा कार्यक्रममा समावेश गरिएको उल्लेख छ । राजस्व परिचालनमा योगदान पु¥याउने,सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने,स्थानीय श्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने नीति सहित बजेट विनियोजन गरेको उपप्रमुख गोपालीको बजेट भाषणमा उल्लेख छ । 

थाहा नगरपालिकाको सातौं नगर सभामा सहभागी नगरसभा सदस्यहरु ।बजेट तथा कार्यक्रम निर्धारण गर्दा लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिवृद्धि हुने, दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पु¥याउने योजनाहरुलाई समावेश गरेको जनाइएको छ । समुदायलाई विपद तथा जलवायु परिवर्तन उत्थानशिल बनाउने, स्थान विशेषको संस्कृति र पहिचान प्रवर्द्धन गर्ने र थाहा नगरपालिकाले आवश्यक ठानेको नतिजामुखी कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ । 

थाहा नगरपालिकाको सातौं नगर सभामा सहभागी नगरसभा सदस्यहरु ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)