nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको पालुङस्थित दशैंघरमा कोतमौला पूजा गरिँदै

बडादशैं अन्तर्गत् महानवमीको अवसरमा आज थाहानगरस्थित पालुङमा विधिपूर्वक कोतमौला पूजा गरिँदैछ ।  थाहा नगरपालिका वडा नम्बर २ मा पर्ने पालुङमा यो पर्व वर्षेनी मनाइन्छ । अहिले केहीबेरमा कौतमौला पूजा सम्पन्न गरिने कार्यक्रम रहेको तत्कालीन पालुङ गाविसका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए ।  

पहिले पहिले प्रधानपञ्चको संयोजकत्वमा मनाउने परम्परा रहेको भएपनि अहिले स्थानीयहरुले संयोजन गरेर यो पर्व मनाउने गर्दछन् । कोतमौलामा महानवमीको अवसरमा बोका, राँगा र कुभिण्डो बली दिने परम्परा रहेको स्थानीय निरोज प्रधानले जानकारी दिए । 

महानवमीको अवसरमा कोत मौलामा पुजा गरेपछि मात्र स्थानीयहरुले आ–आफ्ना घरका औजार, कुटो कोदालो, हसियाँ तथा अरु हतियारहरु पुजा गर्ने परम्परा छ । कोतमौलामा बली दिइएको बोका तथा राँगाको मासु प्रसादको रुपमा राखने परम्परा पनि रहेको छ ।

धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले धनी पालुङको दशै घरमा हवन सहित महाअष्टमीको अवसरमा कालत्ररात्री गरिएको छ भने विजया दशमीको दिन टीका लगाउने परम्परा रहेको छ ।

पालुङको दशै घरमा घटस्थापनादेखि विजया दशमीसम्म स्थानीय नापित, मगर, भुजेल, अर्याल, ढकाल तथा नेवारी समुदायको संलग्नतामा पुजाआजा गर्ने परम्परा छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)