Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको पहलमा २ मानसिक रोगीको उद्धार गरी अस्पताल पुर्याइयो 

मकवानपुरको थाहा नगरपालिकामा रहेका २ जना मानसिक रोगका बिरामीलाई थाहा नगरपालिकाले उद्धार गरेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, नेकपाका नेता विष्णु विष्ट (आदर्श), सिअहेब चिनिया लामा, ७ नं वडाका  वडाध्यक्ष सनम सिं मोक्तानलगायतको टोलीले ३ फागुनमा उद्धार गरि पाटन मानसिक अस्पताल पु¥याइएको हो । 

दशरथ कार्की

थाहा नगरपालिका वडा नं ७ चल्तीका ४२ वर्षीय दशरथ कार्की र थाहा ७ कै महादेव खर्कका इश्वरी प्रसाद रुपाखेती (सुनिल भनेर चिनिने व्यक्ति) लाई नगरपालिकाको पहलमा उद्धार गरिएको हो । लामो समयदेखि मानसिक सन्तुलन गुमाएर बसेका मानसिक रोगीद्वयलाई उपचारका लागी एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएका हो ।

सुनिल

पहिले सामान्य व्यक्ति जस्तै भएपनी करिब २०/२५ वर्ष अघि देखी नै मानसिक सन्तुलन गुमाएका दशरथलाई आमाले स्याहार सुसार गर्दै आए पनि आमाको निधन पछि दाइ भाउजूले हेर्दै आएका थिए । सधै जसो मनलाग्दी गर्न थालेपछि उनलाई कटेजमा फलामको सिक्रीले बाधेर राखिएको थियो । ‘घरमै राख्दा भुइँ, भित्ता भत्काउने, कोटर्ने, बालबच्चालाई जे पायो त्यसैले हिर्काउने र चापेको बेला मान्छे मार्न खोज्ने भएको कारण कटेजमा बाधेर एक्लै राखेको हो, पहिला कामको लागी भारतमा गएर आए पछि मानसिक सन्तुलन गुमेको हो’,– दशरथका भाउजु कान्छि गुरुङले बताइन् । नगरपालिकाको टोलीले एम्बुलेन्स सहित लिन जाँदा परिवारले उनलाई जन्ती जाने बाहानामा मनाएर तयार गरि राखेपछि सजिलै एम्बुलेन्समा राखिएको थियो ।

यस्तै अर्का बिरामी करिब ३५/४० वर्षका सुनिलले भने ५ वर्षदेखी मानसिक सन्तुलन गुमाएका थिए । जंगल जाँदा अरिङ्गालले टोकेको र पछि रक्सी खाएर हिड्दा लडेर खुट्टाको हड्डी मर्किएपछि सुनिलले मानसिक सन्तुलन गुमाउन पुगेको उनको भाइ सुमन रुपखेतीले बताए । दुबैजनाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले लामो समयसम्म पनि उपचार गराउन सकेका थिएनन् । दशरथलाई ३ महिना पहिले पनि उपचारको लागी सबै व्यवस्था गरेर नगरपालिकाले पठाए पनि बिरामी कुर्ने मान्छेलाई खर्च नभएपछि उपचार हुन सकेको थिएन । 

दशरथरलाई फलामे सिक्रिले बाँधेर राखिएको छाप्रो 

थाहानगरका दुई मानसिक बिरामीको परिवारलाई अस्पतालमा कुर्नका लागी नगरपालिकाका मेयर लबशेर विष्ट र उपमेयर खड्ग गोपालीले २ परिवारलाई ५÷५ हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेका छन् । बिरामी  लैजानकोा लागी एम्बुलेन्सको भाडा भने नगरपालिकाले प्रदान गर्ने भएको छ । थाहा नगरपालिकाले दुबै बिरामीको उपचारको लागी पछिल्लो समयमा आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता गर्दै नगर प्रमुख विष्टले दुबै परिवारलाई सम्झाएर पठाइएको छ । 

बिरामीद्वयलाई निस्शुल्क उपचार र बिरामी कुर्नेलाई समेत खाने पिउने व्यवस्था मिलाइदिने मानसिक अस्पताल पाटनले बताएको नगरप्रमुख विष्टले बताए

र, यो पनि पढ्नुहोस् । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।