Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको नलिवनमा मनाइयो ल्होछार

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ नलिबनमा २८५५ औं सोनाम ल्होछार हर्सोल्लासका साथ मनाईएको छ । थाहानगरको तामाङको बाहुल्यता रहेको नलिबनमा तामाङ संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम र खानपानका साथ ल्होछार मनाइएको हो । नलिबन क्षेत्रमा थिङ, पाख्रीन, बल अनि रुम्बा जातिको बाहुल्यता रहेको छ । 

कार्यक्रमका लागि स्थानीयहरुले घरलौरी पैसा उठाएका थिए । ल्होसार कार्यक्रममा सहभागी हुन गाउँका संस्कृती प्रेमीहरुको बृहत्त सहभागिता रहेको थियो । भोजभतेर, नाचगान, तामाङ सेलोको प्रस्तुती कार्यक्रमको आकर्षण रहेको थियो । समुदायले नै संचालनमा ल्याएको क्याटेरिङ मार्फत सेवा दिइएको थियो । 

थाहानगरको नलिवनमा ल्होसार कार्यक्रम पहिलो पटक आयोजना गरिएको स्थानीय दावा शेर्पाले जानकारी दिए । कार्यक्रममा लगभग दुईसय भन्दाबढिको सहभागिता रहेको थियो । 

थाहानगरको पर्यटकीय क्षेत्र दामनबाट हिडेर नलिबन पुग्न २० मिनेट लाग्छ भने सवारीसाधनमा १० मिनेटमा पुग्न सकिन्छ । यहाँको मुख्य आयस्रोत भनेको कृषि नै हो । अहिले बाटो फराकिलो भएको छ । अनि, २०७२ सालको बिनासकारी भुकम्प पश्चात् धेरै नयाँ अनि भुकम्प प्रतिरोधी घरहरु बनेका रहेछन् ।केही अझै बन्दै रहेछन ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०