nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
हिउँ पारखी पर्यटकले भरिदै दामन सिमभन्ज्याङ

मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक हिमपात भएको हो । हिमपात भएसंग १० माघ साँझबाट त्रिभुवन राजपथ अवरुद्ध भएको छ । चारदिन देखि हेटौंडा–सिस्नेरी–काठमाण्डौ सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ हुँदै आएका दर्जनौ सवारी साधन सडकमै अलपत्र परेका छन् । 

हिउँ परेसंगै थाहानगरको दामन सिमभन्ज्याङ क्षेत्रमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको घुइचो लागेको छ । अहिले थाहानगरको सबै होटलहरु पर्यटकले खचाखच भएकाछन् । थाहानगरको दामन सिमभन्ज्याङमा वर्षेनी हिउँ पर्ने गर्दछ । गएको वर्ष पनि अंग्रेजी जनवरी महिनादेखि नै हिउँ परेको थियो । यसवर्ष भने १० माघमा परेको हिउँ पहिलो हो । 

अहिले थाहानगर खण्डमा अवरुद्ध त्रिभुवन राजपथ सडक खुलाउन र पर्यटकको सुरक्षाको लागि प्रहरी परिचालन भएको पालुङ प्रहरीले जनाएको छ । १० माघमा साँझ परिसकेकोले ११ माघ विहानै सडक खुलाउनको लागि थप पहल हुने बताइएको छ ।

हेर्नुहोस् हाम्रा सहकर्मी गणेशप्रसाद विष्टले खिचेका फोटो फिचरः



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।