nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको इन्द्रायणी जात्राको अन्तिम दिन के हुँदैछ-पढ्नुहोस् तेस्रो दिनको जात्रा विधि

मकवानपुर थाहानगरको इन्द्रायणी जात्रा ३० मंसीमा समापन हुँदैछ । तीनवर्षे मेलाको आज अन्तिम दिन हो । आज अन्तिम पुजाविधि सहित जात्रा समापन हुन्छ । पढ्नुहोस् जात्रा विधिः

तेस्रो दिनको जात्रा विधिः

तेस्रो दिनको जात्रा आरम्भ गर्न सँदा झै ठकु जु जुको घरबाट बाजा बजाएर पुजा लगिन्छ र सर्व प्रथम ठकु जु जु को पुजा गरिन्छ । र सकेपछि नियमित रुपले अरु गाउँलेहरुको पुजा हुन्छ । तेस्रो दिन अघिल्लो दिनको पुजा भन्दा धेरै नै कमी हुन्छ । यसरी द्वितीयाको दिनको पुजा समाप्त भएपछि अब रथ उठाउने पुजा ठकु जु जुको   घरबाट ल्याई अन्ति समानको पुजा गरिन्छ । सो पुजा सकेर देवी देवताहरुसंग विदाई गरी क्षमा मागेपछि सर्वप्रथम द्यो नायोबाट देवीको श्रीबन्दी र पाता उठाई द्यो पा, गाउँ नाइके समेत साथमा राखी म्ह् फोर देउताको बाटो भएर ल्हाङगाचा, पेंकुमारी भएर आफ्नो माइतीघर द्यो छेःमा पु¥याउँछ र देवीको आशनमा विराजमान गराइन्छ । 
त्यसपछि श्री गणेश, श्री कुमारी, श्री इन्द्रायणी, श्री भैरबको रथ क्रमशः रुपमा उठाई सिन्दुर यात्रा गरी जय जयकार मनाई रथलाई नचाउँदै नचाउँदै माथितिर ल्याइन्छ । काठको साँघु खोला तरेर फाँटमा प्रवेश गरि सकेपछि रथ विस्तारै अघि बढ्छ । इन्द्रायणी द्यो छेःबाट यात्रा गर्दै ल्याएको रथ अवलोकन गर्नुहुन्छ । (मुसुक्क हाँसेर)

रथ नेवार गाउँमा पु¥याई रोकिन्छ र, सबै घरको पुजा सकेपछि गाउँबाट पुजा उठाएर पुनः देउला गाउँमा लगेर राखिन्छ र जात्रा समाप्त हुन्छ । यसरी परम्परादेखि चली आएको तीन वर्षै जात्रा यसै साल वि.सं. २०७३ साल मंसीर २८ गतेदेखि शुरु भएर मंसीर ३० गते साँझ समाप्त हुनेछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)