nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकी विष्ट हराइन्, खोजी गरिदिन आग्रह

थाहा नगरपालिका वडा नं. ३  घर्तिखोलाकी राधिका विष्ट दुई दिनदेखि हराएकी छिन् । 

थाहा नगरपालिका वडा नं. ४ मा रहेको आफ्नो दिदीको घर जान्छु भनी ३ वैशाख विहान घरबाट निस्केकी विष्ट परिवारको सम्पर्कमा नआएको उनको श्रीमान प्रकाश विष्टले जानकारी दिए । श्रीमती हराएपछि ४ वैशाखमा खोजिदिनको लागि इलाका प्रहरी कार्यालय पालुङमा निवेदन दिएका छन् । 

प्रकाशले भने–‘दिदीको घर जान्छु भनेर हिँडेकी उता पनि पुगेकी छैनन्, घरमा पनि छैनन् कही कतै आफन्तको मा पनि पुगेकी छैनन्।’ सबैतिर खोजी गरेपछि नभेटेर प्रहरीमा उजुरी दिएको श्रीमान विष्टले बताए ।

विष्ट दम्पतीको करिब ७ वर्षकी छोरी र एउटा दुई वर्षीय छोरा रहेका छन् । हराएकी राधिका कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा श्रीमान प्रकाशलाई मोबाइल नं. ९८४५०७०९०६ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन् ।