Monday, 24th August, 2026
वि.स.

थाहानगरका १ सय ५२ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइयो

dog-vaccine-1591020594.jpg

मकवानपुर थाहा नगरपालिकाको पशु सेवा शाखाले नगरका १ सय ५२ कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाएको छ । 

शाखा प्रमुख राघबेन्द्र मिश्र नेतृत्वको पशु स्वास्थ्य प्राविधकहरु रुपेशकुमार मिश्र, विकश कार्की लगायतको टोलीले १८ र १९ जेठमा नगरको गोलमोड, सीमभन्ज्याङ, दामन, नयाँगाउँ, शिखरकोट, थानाबजनार, ओखरबजार, खानीगाउँ, कुन्छाल, बज्रवाराही, टौखेल, अम्बुटोल, कलाँटु, नारायणहिटी, पौवा, घर्तिखोला, फाँट, महादेवस्थान, डाँडाबास लगायत नगरका विभिन्न स्थानमा पुगेर कुकुर तथा बिरालाहरुलाई रेविजविरुद्ध खोप लगाएको हो । 

नगरको आर्थिक वर्ष २०७६।७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार रेविजविरुद्ध खोप लगाइएको शाखा प्रमुख मिश्रले बताए । खोप अभियानका क्रममा पोथी कुकुरको अस्थायी बन्ध्याकरणको सुई समेत लगाइएको थियो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०