nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका श्रीमान श्रीमतीलाई कोरोना पुष्टि, छोरा सुरक्षित

ccccccccccccc-1594045721.jpg

मकवानपुर थाहा नगरपालिका दुईजनालाई कोरोना भाईरस पुष्टि भएको छ ।  कोरोना पुष्टि हुनेमा ३९ वर्षिय पुरुष र २९ वर्षिया महिला छन् । उनीहरु श्रीमान श्रीमती हुन् । युएईबाट नेपाल आएका थाहा नगरपालिका वडा नम्बर ६ का उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

उनीहरुलाई थाहानगर कोरोना क्वारे्रन्टाइनमा राखेर स्वाब परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा पठाइएको थियो ।

श्रीमान होटेलमा कुक र श्रीमती भने व्युटि पार्लरमा काम गर्ने उनिहरु ६ दिन अघि थाहानगर आइपुगेका थिए । उनीहरुको ८ वर्षिय छोरो भने कोरोनाबाट सुरक्षित रहेको पिसिआर रिपोर्ट छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)