nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका बिष्ट राप्तीमा मृत फेला परे

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँका अनिल बिष्ट राप्ती खोलामा मृत अवस्थामा फेला परेका छन् । 

उनको शव मनहरी गाउँपालिका–९ स्थित रजैयाको झोलुङ्गे पुलमुनी खोलामा मृत अवस्थामा फेला परेको हो । खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब २४/२५ बर्षका जस्तो देखिने बिष्ट यता कहिले र किन आए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

बिष्टको टाउकोमा चोट समेत देखिएको छ । ‘करिब तीन हप्ता अघि हेटौंडा–१९ सानान्टारस्थित आफन्तकोमा आएका उनी पछिल्लो समय किन र कहिले आए भन्ने बिषयमा अनुसन्धान सुरु गरेका छौँ ।’ मृतकको शब पोष्टमार्टमको लागि हेटौंडा अस्पताल पठाइएको उनले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Dada-1569202540.jpg