nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका दुई बालक्लब पुर्नगठन

मकवानपुरको थाहा नगरपालिका ७ जनकल्याण माविमा रहेको कल्याण बालक्लबको पुनर्गठन भएको छ । ३ चैत्रमा पुर्नगठित बालक्लबको अध्यक्षमा सफलता नेपाली चयन भएकी छिन् । क्लबमा १७ सदस्य छन् । सेती गणेश आधारभूत विद्यालयमा रहेको सेतीगणेश बालक्लबको पनि ३ चैत्रमै पुनर्गठन गरिएको छ । रोशनी विष्टको अध्यक्षतामा ९ सदस्यीय क्लब गठन गरिएको हो । 

प्लान ईन्टरनेश्नलको आर्थिक सहयोग र निष्पक्ष युवा समूह बज्रबाराहीको व्यवस्थापनमा क्लवहरुको पुनर्गठन गरिएको हो । पुनर्गठनको अवसरमा नै क्लबलाई भित्तेपत्रिका निर्माणको लागि आवश्यक पर्ने सामाग्री वितरण गरिएको व्यवस्थापन संस्थाका अध्यक्ष निराजन गोपालीले जानकारी दिए । क्लबका विद्यार्थीहरुलाई ड्रइङ पेपर, न्युज प्रिन्टपेपर, कलर पेन तथा मार्कर वितरण गरिएको थियो ।