Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरकाे बज्रवाराही बन्याे किवीको पकेट क्षेत्र

सुरु-सुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थ्ये । तर अहिले भने सबैले उनलाई स्याबासी दिन थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा-६ लीलाखेलका मनोरथ बलामीले किबी खेती गरेर यो वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको कृषक फणिन्द्र सुवेदीको फार्ममा फलेको किवी । फोटो गणेश विष्ट/विकासखबर

काठमाडौंमा उनले अहिले होलसेलमा किबी प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मनोरथले १३ वर्षअघिदेखि किबी खेती गर्न सुरु गरेका थिए । पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेको मनोरथसँग अहिले १ सय ८० वटा किबीका रुखहरू छन् । तीमध्ये २० वटा भाले जातका किबीका बोट छन् । ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरु-सुरुमा बजारको पनि समस्या थियो,’ बलामीले भने, ‘अहिले समस्या छैन, काठमाडौं लगेपछि बिक्री भइहाल्छ ।’ स्थानीय महोत्सवहरूमा पनि बलामीले किबी बिक्रीका लागि राख्ने गरेका छन् । आकर्षक ढंगले प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् ।

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको कृषक फणिन्द्र सुवेदीको फार्ममा फलेको किवी । फोटो गणेश विष्ट/विकासखबर

बलामीले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैयाँ परेको थियो । बलामीको करिब ७ रोपनी जमिन किबीको बोटले ढाकेको छ । किबी खेती बज्रबाराहीमा बलामीले मात्र गरेका छैनन् । करिब ६० परिवारले गरेका छन् । विगत १४ वर्षदेखि थाहा नपा ६ बज्रबाराहीका फणिन्द्र सुवेदीले पनि किबी खेती गरेका छन् ।

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको कृषक फणिन्द्र सुवेदीको फार्ममा फलेको किवी । फोटो गणेश विष्ट/विकासखबर

उनीसँग चार सयवटा वटा किबीको बोट छन् । तीमध्ये २ सय वटाले उत्पादन गर्न थालेका छन् । उनले यो वर्ष करिब १२ लाख रुपैयाँको किबी बिक्री गर्ने अनुमान गरेका छन् । ‘अव धमाधम किबी टिपेर बिक्री गर्ने अवस्थामा भइसकेको छ,’ कृषक फणिन्द्रले भने, ‘गत वर्षको भन्दा यो वर्ष राम्रोसँग फलेको छ ।’ उनले करिब ६ हजार केजी किबी उत्पादन हुने अनुमान गरेका छन् । किबी खेतीका लागि सुवेदी पनि अगुवा कृषक हुन । ‘व्यवस्थितसँग कृषक सुवेदी र बलामीले किबी खेती गरेका छन्,’ थाहा नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय तिवारीले भने, ‘बज्रबाराही किबी खेतीका लागि पकेट क्षेत्र जस्तो भइसकेको छ ।’

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको कृषक फणिन्द्र सुवेदीको फार्ममा फलेको किवी । फोटो गणेश विष्ट/विकासखबर

बलामी र सुवेदीलाई मृग र मलसाप्रोबाट किबीको फल जोगाउन मुस्किल परेको छ । मृग र मलसाप्रोले किबीको फल खान रुचाउँछ । सुवेदीले २० रोपनी जग्गामा किबी खेती गरेका छन् । किबी खेतीमा प्रांगारिक मल मात्र प्रयोग गरिन्छ । रासायनिक मल र विषादी प्रयोग नगरिने सुवेदीले बताए ।

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको कृषक फणिन्द्र सुवेदीको फार्ममा फलेको किवी । फोटो गणेश विष्ट/विकासखबर

बलामी र सुवेदीले सुरुमा किबी खेती गर्न काभ्रे र गोदावरीबाट किबीका बिरुवा खरिद गरेर ल्याएका थिए । सुवेदीले किबीको नर्सरी आफैंले राखेका छन् । किबीको बेर्ना खरिद गर्न इलाम, संखुवासभालगायत विभिन्न स्थानबाट आउने गरेका छन् । किबीको एउटा बेर्ना तीन सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको एक गाउँ, एक उत्पादनअन्तर्गत बज्रबाराही किबी खेतीका लागि छनोट परेको थियो । थाहा नपाका करिब ६० जना कृषकले २० देखि चार सयवटा किबीको बिरुवा लगाएर उत्पादन गर्न थालेका हुन । बज्रबाराही र नामटारमा किबी खेतीका लागि उपयुक्त हावापानी भए पनि नामटास्थित अघोरका एक कृषकले मात्र किबी खेती गरेका छन् ।

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको कृषक फणिन्द्र सुवेदीको फार्ममा फलेको किवी । फोटो गणेश विष्ट/विकासखबर

सुरुमा यस क्षेत्रमा उत्पादन गरिएका किबीको मकवानपुर उद्योग वाणिज्य संघले बजारीकरण गर्न सहयोग गरेको थियो । थाहा नपा-६ बज्रबाराहीमा यो वर्ष करिब २० टन किबी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएका अधिकांश किबी काठमाडौंमा बिक्री हुने गर्छ । थोरै भए पनि अहिले स्थानीयबासीले पनि किबी खान थालेका छन् बलामीले भने ।

थाहा नपाको बज्रबाराही किबी गाउँको रूपमा परिणत हुँदै छ । ८ सय मिटरदेखि २० हजार मिटरसम्मको उचाइमा किबी खेती फस्टाउँछ । किबी खेतीका लागि मकवानपुरको उत्तरी क्षेत्र हावापानी उपयुक्त रहेको कृषि शाखा प्रमुख तिवारीले बताए । जिल्लाको उत्तरी क्षेत्र ८ हजारभन्दा बढी किबीका लागि बोट छन् । तर उत्पादन थोरैले मात्र दिने गरेका छन् उनले भने । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)