Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरकाे एनसील टावरमा आगजनी

मकवानपुर उत्तरी मकवानपुरको पालुङ तथा आग्राको एनसीएल टावरमा गएराती आगजनी भएको भएको छ । टावरमा नचिनेका मानिसहरुले आगजनी गरेको बताइएको छ । 

थाहा नगरपालिका वडा नं. ३ गुफाडाँडामा रहेको टावर तथा आग्राको चिसापानी स्थित कैलाश डाँडामा रहेको टावरमा आगजनी भएको स्थानीयहरुले बताएकाछन् । राती अबेर टावर छेवैमा रहेको कन्ट्रोल रुम आसपास आगो बलेको देखेपछि स्थानीयहरु समेत त्रसित भएका थिए । स्थानीयहरुको खबरको आधारमा अहिले टावर निरीक्षणको लागि एसीएलको प्राविधिक टोली हेटौंडाबाट आउँदै छ । आग्रा ७ चिसपानी स्थित कैलाश डाँडाको सेवामा समेत प्रभाव परेकोले प्राविधिक टोली पठाइएको एनसीएल कम्पनीले जनाएको छ । 

यसैबीच शिखरकोट गुफा डाँडास्थित एनसीएल टावरमा बोराको मुक्का बनाएर तारहरुमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको बन्द १५ साउनको लगतै भएको यो घटनाको जिम्मा कसैले पनि लिएको छैन । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०