nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका महिला जनप्रतिनिधिहरुले लिए उद्घोषण, भाषण र कानूनी शिक्षा तालिम

mahila-janapratinidhi-tra-1666254807.jpg

थाहा नगरपालिकाका महिला जनप्रतिनीधिहरुले क्षमता अभिवृद्धि तालिम लिएका छन् । थाहा नगरपालिकाले आफ्ना २५ जना महिला जनप्रतिनिधिहरुलाई उद्घोषण, भाषणकला, नेतृत्व विकास तथा कानूनी शिक्षासम्बन्धी  तीन दिने तालिम प्रदान गरेको हो । 

इन्द्रसरोवर गाउँपालिकाको सिम्लाङमा ३१ असोजदेखि २ कात्तिकसम्म भएको तालिममा थाहा नगरपालिकाका महिला जनप्रतिनीधि र सामाजिक विकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाले तालिमको व्यवस्थापनमा गरेको हो । 

 सहभागीहरुलाई कुमार नेगी, सुरज कुमार भुजेल र अधिवक्ता प्रवीण हुमागाईले सहजीकरण गरेका थिए । तालिममा सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । 

सहभागीहरुले तालिम निकै प्रभावकारी भएको धारणा राखेका थिए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिएको थियो । सो अवसरमा थाहा नगरपालिकाका लेखा अधिकृत हरिबहादुर खपाङ्गी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा मोक्तानलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि काफ्लेले तालिमको सिकाई उपलब्धी देखिएकोमा खुशी व्यक्त गरे । उनले जनप्रतिनीधिहरुलाई नेतृत्व विकाससंगै बैठक संचालन, सभा संचालन, योजना तर्जुमा तथा अन्य आधारभूत विषयमा समेत तालिम दिन सके अझ प्रभावकारी हुने भएकोले त्यस विषयमा समेत कार्यालयले योजना बनाउने बताए । उनले जनप्रतिनीधिहरुलाई पूर्वाधार मात्र नभई यो पनि विकासकै चरण भएको सुझाए । 

समापन कार्यक्रमको अवसरमा अञ्जु श्रेष्ठ, रितु कार्की, अनिता बल र उर्मिला अधिकारीले डेमो कार्यक्रम संचालन गरेका थिए भने सहभागीको तर्फबाट कविता विष्टले तालिमको प्रभावकारितको विषयमा मन्तव्य व्यक्त गरेकी थिइन् । समापन कार्यक्रमको अवसरमा तालिमलाई व्यवस्थित रुपमा संचालन र सिकाईलाई व्यवहारमा उतार्न महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा मोक्तानले आग्रह गरिन् । शाखा प्रमुख मोक्तानले तालिम सफल बनाउनको लागि सहयोग गर्ने सहभागी तथा सम्पूर्णमा धन्यवाद व्यक्त गरिन् । थाहा नगरपालिका सामाजिक विकास समिति सदस्य पवित्रा ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षकहरुको तर्फबाट कुमार नेगीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम तालिममा सहभागी थाहा –१ की दलित महिला सदस्य पार्वती सुनारले सञ्चालन गरेकी थिइन् । 

यसअघि ३१ असोजमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले तालिमको उद्घाटन गरेका थिए । उनले तालिमलाई उपलब्धी मूलक बनाउकनका लागि आग्रह गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)