Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तोडफोडपछि, मालपोत कार्यालय ठप्प काम गर्ने वातावरण बनाउन सर्वपक्षिय चासो

मकवानपुरको थाहानगरस्थित मालपोत कार्यालय शिखरकोटमा १४ असोजमा तोडफोड भएपछि कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कार्यालयमा तोडफोड गरेपछि कार्यालय पूर्ण रुपमा बन्द भएको हो ।

कार्यालयमा रहेको ४ थान कम्प्युटर, ४ थान प्रिन्टर, टेलिफोन सेट लगायतका वस्तुमा तोडफोड भएपछि सम्पूर्ण कामकाज ठप्प गरिएको मालपोत कार्यालय पालुङका प्रमुख मोहन दाहालले जानकारी दिए । 

थाहानगर स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हलमा कार्यालय प्रमुख दाहाल, कार्यालयका अन्य कर्मचारी, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक ध्रुवप्रसाद सिलवाल र स्थानीय जनप्रतिनिधिहरुबीच बसेको बैठकले कम्प्यूटर र प्रिन्टर आएपछि मात्रै कार्यालयको कामकाज सुचारु गरिने निर्णय भएको छ । १५ असोजमा भएको उक्त भेलाले संयुक्त विज्ञप्ती समेत जारी गरेको  छ । 

कार्यक्रममा अरुण रायमाझी, प्रहरी निरीक्षक धु्रव सिलवाल, बिमलकुमार ढकाल, योगेन्द्रमान श्रेष्ठा थाहा ३ का वडा अध्यक्ष राजेश केसी, ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामा लगायतकाको सहभागिता रहेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै थाहानगरापालिका ४ का वर्ष २३ का पृथ्वीराज अधिकारी र सोही स्थानका २० वर्षीय सौगात विष्टलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर चलान गरिएको छ । 

हेर्नुहोस् निर्णय तथा जारी गरिएको विज्ञप्तीः



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)