Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीन स्थानमा विषदी प्रयोगशाला निर्माण हुँदै

तरकारी तथा फलफूल विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा र भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो ।
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते सीमा नाकाहरुमा विषादी परीक्षण गरेपछि मात्रै तरकारी तथा फलफूल भित्र्याउने निर्णय गरेको  थियो । सीमा नाकामा विषादी परीक्षणको व्यवस्था नहुनुका साथै रोकिएका तरकारी तथा फलफूललाई नाका खुला गर्न भारतको दवाव आएपछि सरकार निर्णय कार्यान्वयनबाट पछि हटेको थियो ।
 
आवश्यक श्रोतसाधनको अभावमा सरकारले कार्यान्वयन गर्न नसक्ने निर्णय गरेको आलोचना भएसँगै कृषि मन्त्रालयले आवश्यक उपकरण खरीदका लागि अर्थ मन्त्रालयसँग आवश्यक रकमको स्वीकृति माग गरेको समाचार आर्थिक अभियानमा छ ।