nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तरकारी जोन थाहामा दुर्लभ हुँदै रोपाई (हेर्नुहोस् फोटो फिचर)

मकवानपुर थाहा नगरपालिका त्यस्तो ठाउँ हो, जहाँ आयात भन्दा निर्यात बढि छ । मकवानपुरको दश स्थानीय तह मध्ये थाहा नगरपालिका आर्थिक कारोबारका हिसाबले आत्मनिर्भर छ । थाहा नगरपालिकाबाट तरकारीजन्य वस्तु नै निर्यातको मुख्य स्रोत हो ।  

नगरपालिाको कुल क्षेत्रफल मध्ये ५१.४८ वर्ग किलोमीटर क्षेत्रफल जमिनमा खेती हुन्छ । यसमध्ये ३ सय ८१ हेक्टर क्षेत्रफलमा सालैभर सिंचत हुन्छ भने ५ सय १७ हेक्टरमा मौसमी सिचाई हुने गरेको छ । 

नगरको कुल क्षेत्रफल १९१.२१ वर्ग किलोमीटर रहेको छ । तरकारी जोनको रुपमा स्थापित भैसकेको थाहानगरमा धान रोप्नु, गोड्नु र भित्र्याउनु नयाँ पुस्ताका लागि अनौठो झै भैसकेको छ । तर केही खेतहरुमा धान रोप्ने किसानहरु आक्कल झुक्कल भेटिन्छ । प्रस्तुत छ, यहि दुर्लभ हुँदै गएको रोपाईलाई विकासखत्रर डटकमका फोटो पत्रकार गणेश विष्टले खिचेको ताजा फोटोहरु । यो फोटो थाहा नगरपालिका वडा नं. ३ का खेतहरुमा खिचिएको हो । 

हेर्नुहोस् फोटोहरुः


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।