nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तथ्याङ्क विश्लेषणः ‘कोरोनाबाट बच्ने अचुक उपाय अपनाऔं’
-विजय विक्रम श्रेष्ठ

Bjy-1590286896.jpg

आज वा अहिलेसम्मको worldmeters.info मा दिईएको तथ्याङ्क हेर्ने हो भने हाराहारी ५३ लाख ६८ हजार भन्दा बढि मानिसलाई Covid 19 महामारीको संक्रमन भएर, हारहारी २२ लाख संक्रमितले यस महामारी माथी विजय प्राप्त गरिसकेको छ, तथापी यस २१ औं शताब्दीको आधुनिक, बैज्ञानिक, प्राविधिक तथा चिकित्सकिय विकासको क्रममा पनि हाराहारी ३ लाख ४२ हजार भन्दा बढि मानिसलाई यस Covid 19 महामारीले मृत्यूको मुखमा पु¥याईसकेको छ । पौष २०७६ मा पहिलो पटक चिनको वुहान शहरमा पहिचान गरिएको यस Covid 19 महामारीबाट हाल सारा संसार अछुतो रहन सकेको छैन । साधारणतया ज्वरो, खोकी तथा स्वास प्रस्वास सम्बन्धी समस्या जस्ता मुख्य लक्षण रहेको यस महामारीको उपचार के कसरी हुने वा गर्ने भनी हाल सम्म निक्र्यौल भइ सकेको छैन । WHO का प्रमुख टेड्रोस अधानम गेब्रेससको प्रेस कन्फ्रेन्स अनुसार यो महामारीको अन्त्यन हुनपनि सक्छ वा सोचेको भन्दा धेरै लामो समय लाग्न सक्ने बताएका थिए । यदी महामारी विरुद्धको उपचार वाभ्याक्सिन पत्ता लागि हाले पनि, अन्य विद्धानका भनाईलाई आधार मान्ने हो भने सारा संसारमा सम्पुर्ण मानव जगतले कम्तीमा ३–४वर्ष सामाजिक शारिरिक दुरी कायम राख्नुपर्ने भनाई छ । हरेक साधन र साध्यमा सम्पन्न मानिएका सम्पुर्ण राष्ट्रहरु, WHO तथा सो सम्बन्धी बैज्ञानिक तथा प्राविधिकहरु निरन्तर यस महामारीको रोकथामका लागि प्रयासरत छन् ।

यस प्रकारको महामारी, यो नै पहिलो पटक चाँही हैन । यस पृथ्वीको विकास क्रमलाई पछाडी फर्केर हेर्ने हो भने, यस प्रकारका कयौं महामारी विभिन्न कालखण्डमा देखा परेको तथ्याङ्कमा राखिएको छ र सो महामारीले तत्कालिन समयमा करौडौं मानिसलाई शिकार गरी मानव विकास क्रमलाई नै झण्डै संकटमा पारेको देखिन्छ । सन् १६५ देखी १८० सम्ममा तत्कालिन रोमन साम्राज्यको करीव ५० लाख देखी १ करोड मानिसको मृत्यू हुनेगरी सो समयमा Antonine Plague को महामारी चलेको थियो । त्यसपछि सन् ५४१ देखी ५४२ मा Plague of Justinian नामक घातक महामारीले युरोप र पश्चिम एशियामा गरी करिव ३–५ करोड मानिसको ज्यानगएको उल्लेख छ, तत्कालिन समयमा यस महामारीले मुख्यतःयुरोपका धेरै जनताको मृत्युभएको उल्लेख गरिएको छ । यसपश्चात सन् ७३५ बाट ७३७ मा झण्डै तत्कालिन जापानको कुल जनसंख्यामध्ये एक तिहाई, करिव २० लाख मानिसको मृत्यू हुने गरी Japanese Samllpox महामारी चलेको थियो । समयक्रम अनुसार क्षतीको हिसावले साना ठुला विविध महामारी आइरहे तर सन् १३४६–१३५३ मा हालसम्मकै सबैभन्दा घातक र ठुलो महामारी देखाप¥यो, जसलाई Blck Death भनिन्छ । यस महामारीले युरेशिया र उत्तर अफ्रिकाको गरी करिव २० करोड मानिसलाई सखाप पारेको थियो जस मध्येकरिव ६० प्रतिशत जनता युरोपका थिए जसको कारण तत्कालिन समयमा युरोपमा धार्मिक, आर्थिक र सामाजिक पक्षलाई नराम्रो संग उथलपुथल गरेको उल्लेख छ । १५ औं शताब्दीमा आएर मेक्सिकोमा सन १५१९–१५२० र १५४५–१५४८ मा क्रमश Smallbox महामारी र Cocoliztli नामक महामारीले क्रमशकरिव ८० लाख र १ करोड ५० लाख मानिसलाई मृत्युको मुखमा पु¥याएको थियो, Cocoliztli नामक महामारीले सो समयमा मेक्सिकोमा ८० प्रतिशत सम्म जनसंख्या घटाएको थियो ।

यसैगरी सन् १८५५–१९६० सम्म लामो समय Third Plague नामक महामारीले हाम्रादुई छिमेकी राष्ट्रमा करिव १ करोड २० लाखको ज्यान जाने गरी महामारी चल्यो, यस महामारीले झण्डै १ करोड भारतीयको मृत्यू भएको उल्लेख छ । Third Plague नामक यस महामारीले सो समयमा नेपालमा पनि असर गरेको पाइएको छ । केही पत्रपत्रिकामा आएको समाचार अनुसार, सो समयमा नेपालको धेरै स्थानमा सम्पुर्ण परिवार र गाँउनै सखाप पार्ने गरी महामारी चलेको थियो । मृत शरिरको दाह संस्कार गर्नकोे लागि मलामी नभएर, कसैले घिच्याउदै घाटसम्म पु¥याई दाह संस्कार गर्थे भने त्यति पनि नसक्ने वा सामथ्र्य नभएकाले घर वरीपरि नै खाल्डोमा मृत शरिरलाई पुर्ने गर्थे । एवम् रितले सारा विश्वलाई नै आक्रान्त पार्दै सन् १९१८–१९२० मा विश्वको कुल जनसंख्या मध्ये करिव एक तिहाईलाई (करिव ५० करोड) संक्रमण गर्दै फैलिएको Spanish Flue नामक महामारीले झण्डै ५ करोड मानिसको ज्यान लियो । यस्तै गरी सन् १९८१ तिर देखा परेको र हाल सम्म पनि सावधानी अपनाउनु सिवाय अरु कुनै उपचार नभएको महामारी AIDS ले ३ करोड २० लाखको ज्यान लिएको उल्लेख छ । समयको विकासक्रम अनुसार माथि उल्लेख गरे भन्दा धेरै नै महामारीले पृथ्वीमा करोडौं मानिसलाई आफ्नो सिकार बनाएको पाईन्छ । जस्तै हैजा, Yello Fever, Swine Flue, SARS, EBOLA, MERS, विभिन्न प्रकारका Flues आदि इत्यादी रहेको छ ।

चिनको वुहान शहरबाट सुरुवाती संक्रमण देखिएको यस महामारी युरोपका सम्पन्न राष्ट्रहरुलाई आछ्यु आछ्यु पार्दै, सारा संसारमा हरेक हिसावमा शक्तिशाली देखिएको र आम मानिसको बुझाईमा सबैभन्दा राम्रो उपचार पद्धती र चिकित्सकिय सुविधा भएको अमेरिकालाई पनि कोरोना महामारीले अन्य राष्ट्र को तुलनामा धेरै पिडा दिएको छ । अहिलेको तथ्याङ्क हेर्ने हो भने १६ लाख ५० हजार भन्दा बढि संक्रमित भई झण्डै ९८हजारले ज्यान गुमाईसकेको छ र अमेरिकाले यसै शोकमा आफ्नो राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाएका थिए । दक्षिण एशियाली राष्ट्रहरुमा शुरुवातीको केही समय क्षणिक सुरक्षित देखिएपनि संसारको दोस्रो ठुलो जनसंख्या रहेको हाम्रो छिमेकी राष्ट्र भारतमा यस महामारीको संक्रमण दिन प्रतिदिन वृद्धि भए संगै यसको प्रत्यक्ष प्रभाव हाम्रो राष्ट्रमा पनि परेको छ । आजको मितिसम्म भारतमा मात्र १ लाख ३१ हजार भन्दामाथि संक्रमित भईसकेको छ भने ३ हजार ८ सय भन्दामाथि संक्रमितको मृत्यु भईसकेको छ, र अझै पनि भारतीय तथ्याङ्क दिनानु दिन तिव्र गतिमा निरन्तर माथि उक्लिरहेको अवस्था छ ।

नेपालमा पहिलो पटक यस महामारीको शिकार चिनको वुहानबाट फर्केका३२ वर्षिय विधार्थी भए, जसलाई माघ १०, २०७६ मा संक्रमण भएको पुष्टि नेपाल सरकारले ग¥यो भने दोस्रो संक्रमण फ्रान्समा अध्ययनरत १९ वर्षिया यूवती भईन, जो चैत्र ४ मा नेपाल फर्केकी थिइन । चैत्र १० गते निजलाई संक्रमण पुष्टि भएपछि, यस महामारीबाट बच्न बचाउनको लागि गरिएको प्रयास स्वरुप पहिलो पटक चैत्र ११ बाट चैत्र १८ सम्मको लागि नेपाल सरकारबाट अत्यावस्यक सेवाबाहेक सम्पुर्ण राष्ट्र लक डाउन गर्ने निर्णय ग¥यो । यस लगतै क्रमश चैत्र १३, १४, १५, १६, २२, ३० मा गरि क्रमश१,१,१,१,३,३ जनामा संक्रमण भएको पुष्टि नेपाल सरकारद्धारा जानकारी भयो । यस प्रकारले नेपालमा चैत्र महिनामा १२ जना संक्रमित देखिए भने सो मध्ये पहिलो संक्रमित विद्यार्थीले महामारी विरुद्ध जितहासिल गरे भने कुनै मानविय क्षती हुनपाएन तर चैत्र २२ मा देखिएको ३ संक्रमितमध्ये दुई जनाभारतबाट नेपालप्रवेश गरेका थिए भने एक निजहरुकै आफन्त थिए, जसबाट नेपालमा महामारी संक्रमण दोस्रो चरणमा गयो, यस भन्दा अगाडीका सबै संक्रमित अन्य देशबाट नेपाल प्रवेश गरेका थिए। बैशाख१, २०७७ मा काठमाण्डौमा बेलायतबाट फर्केका परिवार मध्ये २ जनामा संक्रमण देखिएर नँया वर्षको शुरुवात गरेका हामीले यहि महिनाको ३० गते देशका विभिन्न स्थानमा गरी एक दिनमा नै ८३ जना सम्म संक्रमित पुष्टि भई बैशाख महिना भरीमा नँया थप संक्रमित २३१ जना थप्न गयो । यसै गरी २०७७ जेष्ठ महिनाको पहिलो दिन १ गते ६ जना संक्रमित पहिचान गरेर शुरुवात गरेका हामीले यहिमहिनाको ५ गते ८० जना सम्म संक्रमित पहिचान ग¥यौ र यस महिनाको अहिले सम्मको विवरण हेर्ने हो भने थप ३४१ जना पुष्टि भईहाल सम्म जम्मा ५८४ जना संक्रमित भईसकेको छ भने २ महिने शिशुलाई समेत यस महामारीले छोडेको छैन ।

यस वीचमा ८९ जनाले यस महामारीलाई पराजय गरी घर परिवार माझ फर्किसकेको छ तर यसै समय वीच एक सुत्केरी महिला सहित ३ जनाको यस महामारीबाट ज्यानगएको पुष्टि पनिभयो । हाल सम्म अत्याधिक संक्रमित पहिलो ३ जिल्लाहरुमा बाँके, पर्सा र कपिलवस्तु रहेको छ । लकडाउन अझै पनि जारी छ तर पनि खुल्लासिमा तथा लुकिछिपी वा अनाधिकृत तवरबाट एक ठाँउबाट अर्को ठाँउमा आउने जाने गर्ने हुँदा र हामीले सामान्य सावधानी अपनाउन कन्ज्युस्याई गर्दा, हाल सम्म करिव ४६ हजारको मात्र RT-PCR Covid 19 परिक्षण हुँदायो महामारीले हाम्रो राष्ट्रमा कतिब्यक्तिमा संक्रमण होलावाक्षतिहोलाभनेर सोच्नपनि सकिन्न । देश वाहिर रहेका हाम्रा नेपाली दाजुभाईहरु पनि हजारौंको संख्यामा संक्रमित भएको छ भने केहींको मृत्यु पनि भईसकेको छ ।

समग्रमा भन्नुपर्दा हाल सम्म उपचार पत्ता लागि नसकेको हुँदा, यस महामारीबाट बच्नको लागि गर्नुपर्ने प्रमुखकार्य भनेको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सामाजिक तथा शारिरिक दुरी कायम गर्ने, साबुन पानी वा गुणस्तरीय स्यानिटाइजरले पटक पटक हात धुने, हात मिलाउनु वा अंकमाल गर्नुको विकल्पमा नमस्कार गर्ने, खोक्दावा हाछ्युँ गर्दा नाक मुख टिस्यु पेपर वाकुहिनाले छोप्ने जस्ता प्रमुख सावधानी नै यस महामारीबाट तत्कालको लागि टाढा रहने उपाय हो । यसै कारण नेपाल सरकारद्धारा चैत्र ११, २०७६ बाट क्रमश लकडाउन गरिदै आएको आज ६१ औ दिन हुँदापनि दिनानु दिनजुन रुपमा यस महामारी संक्रमितको वृद्धि भईरहेको छ, त्यसको एक कारण हामीले पुर्ण रुपमा लक डाउनका निर्णयहरु पालना नगरेर नै हो भन्दा दुई मत सायदै नहोला ।

यसबाट हाम्रो थाहानगर पनि अछुतो रहन सकेको छैन र ७ वर्षे वालक सहितदुई जनामा संक्रमण पुष्टि भई सकेको छ । ति संक्रमितहरुको पारिवार र सम्पर्क व्यक्तिहरुमा Covid 19 नभए पनि हालसम्म निजहरुलाई कँहाबाट र कस्कोबाट संक्रमण फैलिएको भन्ने आधिकारिक नभएको अवस्था छ । अत्यावश्यक सेवावाहेक सम्पुर्ण राष्ट्र लक डाउन हुँदा पनि हाम्रो नगरमा लक डाउनको नितीनियम पालना गरेको एकदमै कम देखियो । अनाधिकृत रुपमा सहजै राजधानी र नगरवीच आवत जावत गरेको त संक्रमण पुष्टि भएको २ जनाको ट्रेसिङ्गबाट नै थाहा भयो भने यसै लक डाउन वीच हाम्रो नगरमा हुलका हुलयुवाहरु प्रकृति संग आचरण गर्न हिडेको, पिकनिकमान्न हिडेकोपनि सामाजिक संजालमा छताछुल्ल नै छ तसर्थ यी २ संक्रमितको स्रोत पुष्टि नहुन्जेल हाम्रो थाहानगर जोखिममा नरहेको वा जोखिम छैन भन्नु मुर्खता सिवाय अरु हुन्न ।

तसर्थ विभिन्न तथ्याङ्क यँहा राखे पनि यस महामारीबाट बच्नको लागि नआत्तिकन आवश्यक सावधानी अपनाई आफ्नो प्रतिरक्षा प्रणालीलाई बढाई राख्नु तथा स्थानिय सरकार र नेपाल सरकारले महामारी रोकथामका लागि अवलम्बन गरेका नीतिनियम अक्षरस पालना गर्नु नै यस महामारीबाट बच्ने उपाय हो तसर्थ आफु पनि यस महामारीबाट बाचौं र अरुलाई पनिआवश्यक सूचनादिई बचाऔं ।

(म, विजय विक्रम श्रेष्ठ, कुनै प्रकारको स्वास्थ्य सम्बन्धी पेशा रहेको व्यक्ति होइन । लकडाउनको समयमा WIKIPEDIA, WORLDMETERS यस सम्बन्धी प्रकाशित केही समाचार अध्ययन गरी तयार परिएको संकलन देख हो ।)