Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

डाडाँखर्क पूर्ण खाेपयुक्त घाेषणा हुने

मकवानपुरको डाडाँखर्क गाविसलाई मंसिर २९ गते एक कार्यक्रमका विच पूर्ण खोपयुक्त गाविस घोषणा गरिने भएको छ ।  गाविसमा रहेका बालवालिकाहरुलाई सवै प्रकारको खोप दिइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको हो । डाडाँखर्क गाउँ विकास समतिले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको डाडाँखर्क स्वास्थ्य चाैकीका इन्चार्ज सन्ताेष कुमार शाहले जानकारी दिए ।
 
कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुद्धारा साँङगीतिक बेजाेड  प्रस्तुतिबाट  जनचेतनामुलक सन्देश प्रवाह गरिने शाहले जानकारी दिए ।
 
डाँडाखर्क ३ बरभञ्ज्याङ मा रहेकाे  स्वास्थ्य चौकीको प्राङगानमा हुने कार्यक्रममा २९ गते १० बजेदेखि शुरु हुनेछ  । गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गर्न बालबालिकाहरुलाई बि।सि।जि, डि।पि।टि,हेपटाईटिस बी, पोलियो, दादुरा र टि।टि खोप लिईएको हुनुपर्ने हुन्छ ।