Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको रातोमाटेमा ट्रक पल्टेर आगलागी

मकवानपुर जिल्लामा पर्ने चुरियामाई मन्दिर नजिकै ट्रक पल्टिएको छ । ना।३ ख ६१८० नम्बरको ट्रक बाटोबाट केही तल अनियन्त्रित भई पल्टिएको हो ।

ट्रक पल्टेपछि ट्रकको ट्याङ्कीमा आगलागी भएको थियो जसलाई मकवानपुर र बाराबाट आएको दमकलले निभाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार ट्रक पल्टिएर आगलागी भए पनि त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन । ट्रकका चालक सकुसल रहेको उनले बताए । डिएसपी झाका अनुसार ड्राईभरले सवारी चलाईरहेको बेला अचनाक अरिङगालले टोकेपछि दुर्घटना भएको जवाफ दिएका छन् । चालकका अनुसार अरिङ्गालले टोकेपछि ट्रक अनियन्त्रित भएको र होस गुमाएर अचानक पल्टिएको हो ।

आगलागी पछि मकवानपुरबाट वारुणयन्त्र घटनास्थलमा पुगेको थियो । वारुणयन्त्र पुग्नुपूर्व नै त्यहाँस्थित स्थानीयले बालुवा हालेर आगो निभाउने प्रयास गरेका थिए । ट्रकमा फलामे पाईप लोड गरिएको थियो ।