nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवको तयारी पूरा (हेर्नुहोस् विज्ञप्ती सहित)

मकवानपुर थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ) मा संचालन हुने टिष्टुङ महोत्सव २०७५ को तयारी पूरा भएको छ । यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने टिष्टुङमा महोत्सवको सम्पूणै तयारी पूरा भएको मूल आयोजक समारोह समितिले २३ असोजमा विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।

मूल आयोजक समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले २३ असोजमा एक विज्ञप्ती जारी गरी महोतसवको तयारीका विषयमा जानकारी गराएका हुन् । 

थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा संचालन हुने महोत्सवमा १ सय ६०  स्टल रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । टिष्टुङलाई चिनाउने र टिष्टुङको प्रवद्र्धन हुने खालका स्टलहरु महोत्सवमा प्राथमिकतामा दिइने आयोजकले बताएको छ । महोत्सवमा साँस्कृति झाँकी प्रदर्शनी, मौलिक खानका परिकारहरु, कृषि उपज प्रदर्शनी तथा बिक्रि, घरेलु सामाग्री प्रदर्शन तथा बिक्रि, ऐतिहाँसिक तथा धार्मिक क्षेत्रको अवलोकनको अवसर महोत्सवमा पाइनेछ । 

चार दिनमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने हाम्रो अनुमान छ भने महोत्सवका लागि कुल २१ लाख ५० हजार रुपियाँ लागत लाग्ने अनुमान महोत्सव आयोकको रहेको छ । महोत्सवलाई भव्यताको साथ सम्पन्न गर्नका लागि एउटा मूल समारोह समिति र २९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको  छ । महोत्सव संचलनका लागि किसान, शिक्षक, व्यवशायी, संघसंस्था, सहकारी तथा यहाँँ क्रियाशील होमस्टे व्यवशायीहरु एक जुट भएका छन् । २४ असोजबाट शुरु हुने महोत्सवको तयारी पूरा भएको महोत्सव सफल पार्नको लागि आयोजकले सम्पूर्णको सहकार्य, कोशिस र प्रवद्र्धनात्मक कार्यबाट टिष्टुङ महोत्सव सफल हुने हुँदा सम्पूर्णमा यस शुभ तथा महत्वपूर्ण कार्य भव्यताकोसाथ सफल पार्नको लागि यसै विज्ञप्ती मार्फत अपील गरेको छ । 

हेर्नुहोस् विज्ञप्तीः

 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)