nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

झरनाको आकर्षणले मोहित पारेपछि भएन त ‘मोहिनी’ ? [हेर्नुहोस् फोटो फिचर]

मकवानपुर आफैमा पर्यटकीय गन्तव्य हो । यहाँका १० वटा स्थानीय तहमा पर्यटकका लागि प्रफुल्ल पार्ने धेरै प्वाइन्टहरु छन् । थाहा नगरपालिकाको टिष्टुङमा रहेको नर्बे ढुङ्गा होस् या चित्लाङको होमस्टे वा कुन्छालको गोपाली संस्कृति नै किन नहोस् पर्यटकका रोजाइका ठाउँहरु हुन् । थाहानगरको दामन त झन पुरानै पर्यटकीय ‘ब्राण्ड’ नै भैहाल्यो । 

थाहानगर घुम्न आएका पर्यटकले छिमेकी इन्द्रसरोवर तालमा डुङ्गा सयर गर्न छुटाउँदै छुटाउँदैनन् । यहाँ वार्षिक रुपमा हजारौ पर्यटक आउँछन् भने कुलेखानीको माछाको स्वाद पर्यटकका लागि अर्को आकर्षण हो । यहिँ इन्द्रसरोवर तालदेखि अलि माथितिर आकर्षक झरना छ । 

थाहानगरको दामनबाट वडा नम्बर ५ को चौतार हुँदै सजिलै पुग्न सकिने यो झरनामा थाहा–१० को टौखेल हुँदै शेराबाट पनि जान सकिन्छ । थाहा ५ नम्बर वडाबाट जाँदा बाटैमा झुरुप्प परेको आकर्षक बलामी गाउँ समेत देख्न सकिन्छ ।  यो झरनालाई स्थानीयहरु ठाडो खोला झरना भन्छन् । गुगल म्यापमा इन्द्रेणी झरना भनेर ट्याग गरिएको छ । तर, पछिल्लो समय सबैलाई यो झरनाको आकर्षणले मोहित पार्न थालेपछि झरनाको नाम नै ‘मोहिनी झरना’ भनेर सामाजिक संजालहरुमा ट्याग हुन थालेको छ ।  

झरना छेवैको डाँडाबाट इन्द्रसरेवर ताल नजिकै देख्न सकिन्छ । ताल हुँदै झरनासम्म पुग्नका लागि पनि ट्रेकिङ रुट बनाइएको छ । हिँउँदमा पनि छङ–छङ बग्ने यो झरनामा पुगेपछि जो कोही पनि मोहित हुन्छन् र भन्छन्–‘साँच्चै मोहिनी हो रहेछ यो झरना ।’  

हेर्नुहोस् फोटो फिचरः


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।