Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ज्येष्ठ नागरिक केन्द्रका लागि सामाग्री सहयोग

थाहा नगरपालिकाको वडा नम्बर ३ घर्तिखोलामा रहेको दिवा ज्येष्ठ नागरिक केन्द्र घर्तिखोलाका लागि विभिन्न सामाग्री सहयोग गरिएको छ । 

सेवा केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरुका लागि ४ पौषमा थाहा नगरपालिका वडा नम्बर २ का विष्णु प्रसाद ढकालले पर्दा, वडा नम्बर ३ का निरज रायमाझीले डिसहोम सेट तथा सामाजिक क्षेत्रमा क्रियाशील फरक सोचले ५ थान डल्फिन कुर्सी तथा सुरेन्द्रमान प्रधानले डिजिटल घडी सहयोग गरेका हुन् । ढकाल नेकपा थाहानगर कमिटिका इन्चार्ज हुन, रायमाझी पालुङ जेसीज वर्ष २०२० का उपाध्यक्ष तथा डिसहोमको बिक्रेता समेत हुन् भने फरक सोच विगतदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील संस्था र प्रधान पालुङ भ्याली हार्ट एकेडेमीका प्रिन्सपल तथा स्थानीय समाजसेवी हुन् । 

कार्यक्रमको अवसरमा नेता ढकालले ज्येष्ठ नागरिकहरुका लागि संचालित सेवा केन्द्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।  उनले जीवन जिउनको लागि सेवा केन्द्रले सहज बनाउने र दुख सुख साट्ने थलोको रुपमा विकास भएको भनाइ राखे ।

उपाध्यक्ष रायमाझीले ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै सहयोगका लागि सँधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे । स्थानीय समाजसेवी अच्युतम प्रसाद ढकालले आफूले पहिलेदेखि नै ज्येष्ठ नागरिक केन्द्रका लागि सहयोग गर्दै आएको बताउँदै थप सहयोग गर्न र सहयोग जुटाउन आफू तयार रहेको बताए । उनले यस अघि पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा सहयोग गरिसकेका छन् । 

कार्यक्रममा फरक सोचका अध्यक्ष यादवजंग रायमाझी, कोषाध्यक्ष रामकुमार कार्की, सचिव सुरजकुमार भुजेल, सदस्य गणेश विष्ट, पत्रकार कुमार नेगी, विश्वनाथ रायमाझी, दीपक हमाल, गौतमबुद्ध लामा लगायतको उपस्थिती रहेको थियो । 

 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)