Monday, 7th September, 2026
वि.स.

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो

संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ ।

दरमुकाम खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान जाँदै गरेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटना हुँदा समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल, पाथीभरा हेदांनाका सुरेश राई र चालकको मृत्यु भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

घटनास्थल भिरालो भएकाले ४ घण्टापछि शव निकालिएको थियो । भुकम्प पुनर्निर्माण सम्बन्धी तालिम दिन उनीहरु काठमाण्डौंबाट संखुवासभा गएका थिए । स्थानीय विकास मन्त्रालय अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वयन ईकाईको जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनास्थल सदरमुकाम खाादबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । सो सडकखण्ड करीब २ महिना अघि मात्र ट्रयाक खोलिएको थियो । 

-कान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०