Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चार महिनादेखि घिसिङ बेपत्ता

सन्तबहादुर घिसिङ

इन्द्रसरोबर गाउँपालिका ४ फाखेल राकसखोलाकी एक बृद्ध चार महिनादेखि बेपत्ता भएका छन् ।

मानसिक सन्तुलन गुमाएका सन्तबहादुर घिसिङ फाखेलबाटै हराएका हुन् । उनी हेटौँडा जाने भन्दै गत असार ५ गते घरबाट निस्केका थिए । त्यसपछि कहीँकतै आफ्ना बुवालाई नदेखिएको छोरा सुनबहादुरले बताए ।

बुवा हराएपछि प्रहरीमा उजुरी गरेपनि हालसम्म फेला नपरेको बताइएको छ ।

७५ बर्षीय घिसिङको खोजीका लागि उनको परिवार विभिन्न स्थानहरुमा धाइरहे पनि फेला पार्न सकिरहेका छैनन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)