Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु एकजना घाईते

मकवानपुरमा चट्याङ लागेर २४ फागुनमा एक जनाको ज्यान गएको छ, भने अर्का एकजना घाईते भएका छन् । 

बिहान बर्षासँगै परेको चट्याङ लागेर भिमफेदी गाउँपालिका–९ च्याउखोलाका २३ बर्षीय विजय स्याङ्ताङको ज्यान गएको हो । चट्याङले लागेर घाईते भएका स्याङतानको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर स्याङ्तानकी श्रीमती २२ वर्षीया सविता स्याङ्ताङ घाईते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०