Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

घट्टको डुँढमा परेर कैलाशकी बालिकाको मृत्यु

मकवानपुरको कैलाश गाउँपालिकास्थित डाँडाखर्कको छ्याङ्दुङ खोलामा रहेको घट्टको डुँढमा परेर एक बालिकाको मृत्यु भएको छ ।

कैलाश गाउँपालिकाको वडा नम्बर १ र २ को सिमानामा रहेको छ्याङ्दुङ खोलास्थित पानी घट्टको डुँढमा परेर ७ वर्षीया सुस्मिता थिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पानी घट्टको डुँढमा परेर घाइते भएकी थिङलाई उपचारका लागि लैजानेक्रममा बाटोमा मृत्यु भएको कैलाश गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र तामाङ घिसिङले बताए । राक्सिराङ गाउपालिका वडा नम्बर ९ खैराङ घर भएकी बालिका कैलाश गाउँपालिका १ स्थित मामाघरमा बस्दै आएकी थिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०