nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 22nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

गोगने पूर्ण खोपयुक्त घोषणा गरिने

मकवानपुरको गोगने गाविसलाई भोलि बुधवार एक कार्यक्रमका विच पूर्ण खोपयुक्त गाविस घोषणा गरिने भएको छ ।  गाविसमा रहेका बालवालिकाहरुलाई सवै प्रकारको खोप दिइसकेकाले पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको हो । गोगने गाउँ विकास समतिले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न लागिएको सामाजिक परिचालक कमल लामाले जानकारी दिए ।
 
कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुद्धारा साँङगीतिक प्रस्तुतिबाट  जनचेतनामुलक सन्देश प्रवाह गर्र्ने लामाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकार शान्ता परियार,बाबुकृष्ण परियार तथा स्थानिय कलाकार रजनी लामा र सिम्पल सुमनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन । 
 
गोगने २ मा रहेका  स्वास्थ्य चौकीको प्राङगानमा हुने कार्यक्रममा भोलि बुधबार विहान ११ बजेदेखि शुरु हुनेछ  । गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गर्न बालबालिकाहरुलाई बि।सि।जि, डि।पि।टि,हेपटाईटिस बी, पोलियो, दादुरा र टि।टि खोप लिईएको हुनुपर्ने हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)