Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कैलाशबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ

मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले २१ माघमा कैलाश गाउँपालिका वडा नंबर ८ मा चामे सिहं मोक्तानलाई ६५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो।

विशेष सुचनाको आधारमा मोक्तानको घरमा खानतलासी गर्दा उक्त घरको सुत्नेकोठामा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०