nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

के-के कागजको आधारमा भोट हाल्न पाइन्छ ? (हेर्नुहोस सूची सहित)

निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सरकारी निकायबाट जारी फोटोसहितको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।
आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा यी कागजका आधारमा मतदान गर्न सकिने छः

१. नागरिकता परिचयपत्र
२. ०७० सालको मतदाता परिचयपत्र
३. राहदानी (पासपोर्ट)
४. सवारीचालक अनुमतिपत्र
५. जग्गाधनी प्रमाणपत्र
६. सरकारी निकायबाट जारी भएको अन्य कुनै फोटोसहितको परिचयपत्र (जस्तै निजामति कर्मचारीको परिचयपत्र, सूचना विभागको प्रेस पास आदि)

निर्वाचन आयोगका अनुसार माथि उल्लेखित ६ मध्ये कुनै एउटा कागज प्रमाण देखाएर भोट हाल्न पाइनेछ । तर, यसका लागि जुन मतदान केन्द्रमा मतदान गर्ने हो, सोही ठाउँको मतदाता नामावलीमा नाम हुनैपर्छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

आयोगका अनुसार पहिलो चरणको चुनाव हुने स्थानमा कुल मतदाता ४९ लाख ५६ हजार ९२५ छन् । यो चुनावले १३ हजार ५५६ स्थानीय जनप्रतिनिधि चुन्नेछ ।