Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कृषि विकास बैंकद्वारा कोरोना नियन्त्रण कोषमा १ करोड २५ लाख सहयोग

कृषि विकास बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 

कोभिड–१९ कोरोना नामक भाइरससँग सावधानीपूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंकले आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको हो।

कोभिड–१९ ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको यस विपतको घडीमा यो भाइरसविरुद्ध लड्नका लागि आफूहरुले सहयोग गरेको बैंकले जनाएको छ।

यो विपतको कारणबाट ज्यान गुमाउनेहरुप्रति बैंकले चिर शान्तिको कामना गर्दै बिरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामनासमेत गरेको छ।  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०