nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कृषिमा यान्त्रिकरण गर्दै भीमफेदी गाउँपालिका

bhimfedi-krisi-aujar-bita-1594391921.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकाले २६ असारमा कृषकहरुलाई ट्याक्टरलगायत विभिन्न कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर, ह्याचरी मेसीन, मकै, चामल, मसला पिस्ने मेसिन, मकै छोडाउने, फल टिप्ने, भुसा काट्ने, आलु खन्ने मेसिनलगायतका विभिन्न कृषि उपकरण वितरण गरेको हो ।

गाउँपालिकाले ३ वटा कृषि सहकारी संस्थालाई पुर्ण अनुदानमा ह्याचरी मेसीन प्रदान गरेको हो भने अन्य ६५ जना कृषकलाई मागका आधारमा ६० प्रतिशत अनदानमा कृषि उपकरण प्रदान गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सौगात गौतमले जानकारी दिए । गाउँपालिकाले कृषि यान्त्रीकिकरण कार्यक्रम अन्तरगत पुर्ण अनुदानमा ३ वटा कृषि सहकारी संस्थालाई एकलाख ५० हजार दरका ह्याचरी मेसीन प्रदान गरेको उहाँले जानकारी दिए । 

त्यस्तै गाउँपालिकाले ६० प्रतिशत अनुदान अन्तरगत ३० जनालाइ ३८ हजार ९४० का दरले ११ लाख ६८ हजार दईसयको सात एम्पीएरको हाते ट्याक्टर, ४ जनालाई २७ हजार दरका कम्बाईन राईस मील, ७ जनालाई १८ हजारका दरका डिस्क मील, ३ जनालाई २५ हजार दुईसयका दरका ब्रस कटर ( झार काट्ने तथा मकै गोड्ने मेसीन), ७ जनालाई २१ हजार दरका च्याप कटर (भुस्सा काट्ने मेसीन), ५ जनालाई ७ हजार २ सय दरका केन टेलर (मकै छोडाउने मेसीन), ७ जनालाई १ हजार ८ सयका दरले फ्रुट हार्बेसर (फल टिप्ने मेसीन) र २ जनालाई १ हजार ८ सयकै दरका पोटेटो टिगर (आलु खन्ने मेसीन) प्रदान गरेको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि यान्त्रीकिकरणका लागि २० लाख रमक छुट्याएको र सोहि रकमबाट गाउँपालिकाले कृषि उपकरण वितरण गरेको उहाँले बताउनुभयो । उल्लेखित रकम गाउँपालिकाको मात्र भएको तथा किशानको ४० प्रतिशत भने नजोडिएको कृषि शाखा प्रमुख गौतमले जानकारी दिए ।  

जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा गाउँपालिकाले २६ असारमा एक कार्यक्रमको आयोजना गरेर कृषकलाई कृषि उपकरण वितरण गरिएको थियो । किशानलाई कृषि उपकरण वितरण गर्दै प्रमुख खुलालले मकवानपुर जिल्लामा कृषिको प्रचुर सम्भावना रहेको कृषिकै माध्इमबाट समृद्धि प्राप्त गर्न सकिने हुनाले प्राप्त उपकरणको सहि उपयोग गर्न कृषकलाई आग्रह गर्नुभयो । त्यस्तै उपकरण प्राप्त गर्ने किशानहरुले यसअघि कृषि क्षेत्रमा उपकरणका माध्यमले काम गर्न धेरै सहज हुने भन्दै यसको भरपुर उपयोग गरेर उत्पादक्त्व बृद्धि तर्फ लाग्ने बताएका छन् ।

कृषि उपकरण वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, गाउँपालीका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पाबर्ती राना, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँबरलगाएतको सहभागिता थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)