nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुल संक्रमितको ४८ प्रतिशत बागमती प्रदेशमा कोरोना संक्रमित

corona-1-1602900897.png

देशभरीका कुल कोरोना संक्रमितको ४८ दशमलव ४६ प्रतिशत बागमती प्रदेशमा कोरोना संक्रमित फेला परेका छन् । मुलुकभरका सात वटा प्रदेश मध्यमा बागमती प्रदेशमा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाल भरमा एक लाख २६ हजार १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्यमा ६१ हजार १ सय २९ जनामा कोरोना पुष्टि भएको हो । नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा झण्डै आधा संक्रमित देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा २ हजार ८ सय १२ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ६१ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा ३७ हजार २ सय १३ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)