nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुन्छालः मौलिकता मासिँदै [हेर्नुहोस् फोटो फिचर]

मकवानपुरको ‘कुन्छाल’ जो कसैलाई आकर्षण गर्छ । थाहा नगरपालिका भएर बज्रवाराही कुन्छाल पुग्नेले यो गाउँलाई पृष्ठभूमीमा राख्दै नबिराई फोटो खिच्छन् । नेवारी संस्कृति रहेको कुन्छालमा अधिकांश गोपाली जातीको बसोबास रहेको छ । 
निकै मनोमोहक र पर्यटकीय आकर्षणको केन्द्र यो गाउँलाई नेपाल पर्यटन बोर्डले सन् २०१८ मा पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको थियो । होमस्टे स्थापना भएका छन् । थाहा नगर  आएका पर्यटकहरु पुग्नै पर्ने उद्देश्य लिन्छन् । 

कुन्छाल ऐतिहाँसिक गाउँ पनि हो । गाउँको आफ्नै इतिहास छ । रीतिरिवाज र परम्परा छ । गाउँको मुख्य आकर्षण भनेको यहाँको मौलिकता हो । गाउँमा एकै किसिमका छाना भएका घरहरु छन् । एउटै गाउँ छ तर छुट्टाछुट्टै टोल छ ।  

वि.सं. २०७२ सालको भुकम्पले सबैलाई पीडित बनायो, कुन्छाललाई पनि छोडेन । विपदलाई कसैले अवसरका रुपमा लिए राम्रो प्रगती गरे । गोरखाको लाप्राकको आवासिय बनावट भुकम्पपछि झन आकर्षक बन्यो । कतिपय जिल्लाहरुमा नयाँ एकीकृत बस्ती नै बने ।

विडम्वना, थाहा नगरपालिका वडा नम्बर १ मा रहेको कुन्छाल गाउँको भुकम्पपछि आकर्षण खस्कियो । मौलिकता मासिन थाल्यो । कुन्छालमै विभिन्न सामाजिक  काम गर्ने संस्थाहरु पनि छन् । उनीहरुले पनि यसतर्फ चासो दिन नसकेको पर्यटन व्यवशायीहरुको चिन्ता छ । त्यसोतः संघ, प्रदेश र स्थानीय तीन तहका सरकार छन् उनीहरुले पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरिरहेका छन् । तैपनि, मौलिकता जोगाउने खालका नीति, योजना बनाएका छैनन् भने  बजेट विनियोजनको त कुरै भएन । 

हेर्नुहोस् मौलिकता मासिँदै फोटो फिचर:


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।