Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

किर्ते गर्ने वडासदस्यसहित ६ जना थुनामा

किर्ते गरेर सगरमाथा लोकर्मागको (सरकारी) जग्गा बिक्री गरेर आरोपमा पक्राउ परेको त्रियुगा नगरपालिका वडा नम्बर ३ की महिला सदस्यसहित ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

अदालतका न्यायाधीस तीर्थराज केसीको इजल्लासले महिला वडा सदस्य हरिमाया शाही, नापी कार्यालयका नापी सर्वेक्षक शिवचन्द्र ठाकुर, जग्गा बिक्री गर्ने ७८ वर्षीय शिवप्रसाद दाहाल र उनका छोरा ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, जग्गा खरिद गर्ने नेपाल डंगोल, लेखापढी व्यवसायी हरिप्रसाद ढुंगानालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

६ जनालाई शुक्रबारै थुनाका लागि जिल्ला कारागार शाखा बोक्सेमा पठाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०