nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

किन आउँछ आत्महत्या गर्ने सोच ? यस्ता संकेतलाई बेवास्ता नगर्नुस्

stress-1599894600.jpg

हरेक वर्षको सेप्टेम्बर १० तारिखमा विश्व आत्महत्या दिबस मनाउने गरिन्छ । यो दिबस विश्वभरका मानिसहरुमा आत्महत्याको विषयमा जागरुक गराउन मनाउँदै आएको पाइन्छ ता कि कोही कसैले पनि आत्महत्या गर्ने सोच नगरुन् ।  पछिल्लो समय विश्वभर नै आत्महत्याको दर बढ्दै गएको पाइन्छ । त्यसले यसबारेमा सजगता अपनाउन अत्यन्तै जरुरी छ । 

किन आउँछ आत्महत्या गर्ने सोच ? 
आत्महत्या आफैमा मानसिक रोग होइन । यसका कारणहरुमा डिप्रेशन, बाइपोलर डिसअर्डर, पर्सनालिटी डिसअर्डर, अचानक कुनै गम्भीर घटनाको प्रभाव तथा तनावहरु पर्छन् । यस्ता समस्याहरुबाट गुज्रिरहेका मानिसहरु उदास हुन्छन् । र उनीहरुको मनमा हरेक पल नकारात्मक सोच पैदा भइरहेको हुन्छ । उनीहरु यसै सिलसिलामा कहिले काँही आफूलाई निकै एक्लो महसुस गर्छन् र मनमा आत्महत्याको बारेमा सोच्न पुग्छन् । 

यस्ता संकेतले दिन्छ चेतावनी 
आत्महत्या जस्तो अत्यन्तै भयानक कदम कुनै पनि व्यक्तिले अचानक उठाउन सक्दैन । यसभन्दा अगाडि उक्त व्यक्तिमा केही संकेतहरु देखापर्छन् । जस्तो कि बारम्बार रिसाउने, सधैँ उदास हुने, मुड स्विंग हुने, भविष्यलाई लिएर अत्यधिक शसंकित रहने, निन्द्रा नलाग्ने हुन्छ । यस्तो समयमा उनीहरु निकै मानसिक उतार चढावको महसुस गरिरहेका हुन्छन् । 

गम्भीर तनाव र डिप्रेशनबीच पनि कुनै व्यक्ति अचानक शान्त हुन थाल्यो भने त्यो व्यक्ति कुनै गलत निर्णयमा पुगिसकेको भन्ने स्पष्ट हुन्छ । त्यस्ता व्यक्तिहरु एक्लै बस्न रुचाउने, कुनै पनि सामाजिक गतिविधिबाट भाग्ने र कुनै पनि काममा दिलचस्पी नराख्ने गर्छन् । आत्महत्या गर्ने सोच आएपछि कुनै उक्त व्यक्तिमा अचानक परिवर्तन आएको अनुभव गर्न सकिन्छ ।

विश्वभरका आत्महत्याका घटनाहरुलाई आधार मान्ने हो भने आत्महत्या गर्ने सोचमा पुगेका कतिपयले विभिन्न तयारी समेत गरेका देखिन्छन् । जस्तै, परिवारलाई आफ्नो व्यवसायमा सामेल गराउने, आफूपछिको हकदार तयार गर्ने, आत्महत्याको बारेमा चिठी लेख्ने, बन्दुक वा विष जस्ता पदार्थ  खोज्ने जस्ता हर्कतहरु गर्छन् । आत्महत्या गर्ने ५० देखि ७० प्रतिशत मानिसहरु आफन्तलाई यस विषयमा पूर्व जानकारी गराउँछन् । 

के आत्महत्या रोक्न सकिन्छ ? 
आत्महत्यालाई निर्मुल पार्न कठिन छ । तर आत्महत्या गर्ने सोचलाई भने हटाउन सकिन्छ । अनुसन्धानका अनुसार आत्महत्या रोक्नका लागि सबैभन्दा राम्रो उपायमा डिप्रेशनको समयमा नै उपचार गर्नु नै हो । 

सामान्यतयाः मानिसहरु मस्तिष्कसँग जोडिएका समस्याहरुलाई लिएर अस्पताल जानुलाई असहजतासँग जोड्ने गर्छन् । उनीहरुलाई डिप्रेशन भन्ने कुरा सामान्य हो र यसबाट समयमै उपचार गरे बच्न सकिन्छ भन्ने कुरा थाहा हुँदैन । 

आफूमा सधैँ नकारात्मक सोच आउने, आफूले आफूलाई नै चोट पुर्याउने जस्ता सोच आउन थाल्यो भने तुरुन्तै डाक्टरसँग सल्लाह लिनुपर्छ । साथै, आफ्ना नजिकका साथी, परिवारलाई आफ्ना हरेक भावनाहरु सेयर गर्ने गर्नुपर्छ । 

डिप्रेशन भएको छ भने, एक्लै बस्दै नबस्नुस् । आफ्ना परिवारका सदस्य तथा साथीभाईसँग लगातार सम्पर्कमा रहने गर्नुस् । आफ्ना समस्याको बारेमा खुलेर कुरा गर्नुस् । एक्लोपनबाट बच्नको लागि किताब पढ्नुस्, निन्द्रा पुर्याउनुस्, मद्यपान तथा धुम्रपान नगर्नुस् । र, मानसिक स्वास्थ्यका लागि मनोचिकित्सकको सहयोग लिनुस् । 

-एजेन्सी 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg