Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा एउटा घर जलेर नष्ट

मकवानपुरको थाहा नगरपालिका वडा नं ४ शिखरकोट निवासी जयराम रायमाझीको घरमा विहानै आगलागी भएको छ ।

विहानै करिब २ः३० बजे करेन्ट सट भएर आगोलागी भएको हो । आगलागीबाट रायमाझीको पुरानो घर पुरै जलेर नष्ट भएको छ भने कुनैपनि मानविय क्षति भने नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

बसोबास नगरेको घरमा आगलागी भएको कारण मानविय क्षति नभएको हो । दमकलको सहायतामा आगो  नियन्त्रणमा लिइएको थियो ।