Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कम्बल बाँडेको प्रमाण भेटिए बामगठबन्धन कारबाही भोग्न तयार !

मकवानपुर क्षेत्र नं २ को ख का संयुक्त बाम गठबन्धन उम्मेदवार राजाराम स्याङ्तानले कम्बल बाँड्न खोजेको भन्ने आरोपसहितको समाचारप्रति बामगठबन्धनले आपत्ति जनाएको छ । 

उसले बिज्ञप्ती प्रकाशन गरी चामल बाँड्न लागेको कुनै पनि प्रमाण भेटिए कारबाही गर्न भोग्न तयार रहेको जनाएको छ । संयुक्त बामगठबन्धन मकवानपुर क्षेत्र नं २ को ख अन्तर्गत निर्वाचन परिचालन कमिटीका संयोजक लालबहादुर थापाले बिहीबार बिज्ञप्तीमा उम्मेदवार राजाराम स्याङ्तानसहित समानुपातिक उम्मेदवार प्रदीप घलान तथा आफै मनहरीको प्याङ्चेमा किड्नीपीडित बिरामी र आफन्त भेटेर फर्केको उल्लेख छ ।

उम्मेदवार स्याङ्तानका किड्नीको समस्याबाट पीडित आफन्त भेटेर फर्केको बिषयलाई चुनावी मसलाको रुपमा समाचार बनाई कम्बल बितरण गर्न गएको भन्ने उल्लेख गरिएकोमा बिज्ञप्तीमार्फत प्रतिवाद गरिएको हो । ‘कम्बल बाँड्न गएको, कम्बल बाँड्ने योजना निर्माण गरेको, तयारी गरेको कुनै प्रमाण पेस भए हामीहरु जस्तोसुकै कारबाही भोग्न तयार छौँ ।’ बिज्ञप्तीमा भनिएको छ ।

मिडियाको संवेदनशीलतासहित उसले लोकतन्त्रप्राप्तिको लागि खेलेको भूमिकाको उच्च सम्मान गर्दै बिज्ञप्तीमा बिनाकारण चुनाबी मसालाको रुपमा समाचार प्रकाशन र प्रसारण नगर्न आग्रह गरिएको छ ।  
यस्तो छ विज्ञप्ती:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०