Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

२०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

 

 

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

हेर्नुहोस् एसईईको परीक्षा तालिका

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०