nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एसइई दिन केन्द्र पुगेका परीक्षार्थीलाई फरक सोचले घर पु¥याईदियो [हेर्नुहोस् फोटो फिचर ]

मकवानपुर थाहा नगरपालिकामा सामाजिक क्षेत्रमा क्रियाशील फरक सोच अभियानले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन परीक्षा केन्द्र पुगेका परीक्षार्थीलाई घरघरमै पु¥याई दिएको छ । 

कोभिड १९ (कोरोना भाइरस)को कारण ६ चैतबाट हुने भनिएको एसइई परिक्षा स्थगित भएपछि परीक्षार्थीहरुलाई निःशुल्क बसको व्यवस्था गरी घर प¥याइदिएको हो । फरक सोचले जनकल्याण तथा मत्स्य नारायण मावि परीक्षा केन्द्रमा परीक्षा दिन आएका लेकाली बसीफाँट माध्यामिक विद्यालय नामटारका २२ जना विद्यार्थी, सरस्वती मावि, ईन्द्राायणी मावि आग्रा र ब्यास मावि गोगने सहितको ३४ जना विद्यार्थीलाई गाउँ सम्म निःशुल्क बसको व्यवस्था गरी घर पु¥याएको हो । नामटार भिमफेदी गाउँपालिकामा पर्दछ भने पकनी कैलाश गाउापालिकामा पर्दछ, आग्रा थाहानगरकै ग्रामिण क्षेत्र हो ।

गाउँदेखि अर्को विद्यालयमा परीक्षा दिन पुगेका विद्यार्थीहरुलाई हिमालयन बोर्डिङ स्कूल तथा पालुङ भ्याली हार्ट एकेडेमीको बस मार्फत विद्यार्थीहरुलाई घरसम्म निःशुल्क पु¥याउन सहजताका लागि सहयोग गरेको फरकक सोच अभियानका अध्यक्ष यादवजंग रायमाझीले जानकारी दिए । 

विद्यार्थीहरुलाई यातायातको अभावमा रहँदा घर सम्म पु¥याउन सहयोग गरेकोमा इन्द्रायणी मावि मोरियाका प्रधानाध्यापक नारायण बहादुर कार्कीले खुशी व्यक्त गरे । प्रधानाध्यापक कार्कीले भने–‘किताब कापी र फेर्ने लुगा कपडाको पोका पन्तरा बोकेर आएका विद्यार्थीलाई सहज हुने गरी फरक सोचले गरेको कार्य सह्रानीय छ, हामी विद्यालयको तर्फबाट धन्यवाद दिन्छौं ।’

हेर्नुहोस् फोटो फिचर:

 

 


 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।