nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एलिना र देवन्त भए 'थाहा आइडल'.

THAHA-IDEOL-1474802928.JPG

मकवानपुरका एलिना राना र देवन्त गोपाली थाहा आइडल घोषित भएकाछन् । थाहा आइडल अन्तर्गत गायनतर्फ गोपाली र नृत्यतर्फ राना आइडल घोषित भएका हुन् । आइडल घोषित भएसंगै राना र गोपालीले नगद तीस/तीस हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएकाछन् । दोस्रो थाहा महोत्सवको अवसरमा मकवानपुरको हेटौंडा, थाहानगर र आग्रा गाविसमा भएको प्रिअडिसनबाट छनौंट भई उनीहरु आइडलको स्पर्धामा भाग लिन आइपुगेका हुन् । प्रिअडिशनबाट छनौंट भएकाहरु मध्ये मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा ११ दिनसम्म संचालन भएको विभिन्न अडिसन पार गर्दे उनीहरु  आइडल घोषित भएका हुन् । 
थाहा आइडल अन्तर्गत नृत्यतर्फ  सुरज मोक्तान दोस्रो, संस्कृति लामा तृतीय र रोशनी तामाङ सान्त्वना घोषित भए भने गायनतर्फ बिनिता गोपाली दोस्रो, सुशल थोकर तृतीय र आयुष गोपाली सान्त्वना घोषित भएकाछन् । उनीहरुले क्रमशः बीस हजार, दश हजार र पाँच हजार रुपियाँ नगद शिल्ड तथा मेडल प्रमाणपत्र पुरस्कार पाएकाछन् । विजेताहरुलाई थाहा महोत्सव समापन समारोहका प्रमुख अतिथी तथा मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्कीले पुरस्कार वितरण गरे । 


थाहा आइडलका लागि गायन तर्फ ४३ र नृत्यतर्फ ४१ जनाले सहभागिता जनाएका थिए । आइडल अन्तर्गत नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्र थाहानगरका निर्देशक विजय श्याम आमात्य रहेका थिए । गायन तर्फको निर्णायक भने गायक जीवन परियार र गायक तथा संगीतकार संगीतकार टंक बुढाथोकी रहेका थिए । आइडलका लागि गायनतर्फको थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तान र नृत्यतर्फ विजयश्याम अमात्यले संयोजन गरेका थिए । 
नृत्य विधामा आइडल घोषित भएका एलिना रानालाई नव क्षितिज कलाकेन्द्रको तर्फबाट म्जुजिक भिडियोमा खेल्ने अवसर दिने कलाकेन्द्रका निर्देशक विजय अमात्यले बताए । 

 



THAHA-IDEOL-1474802932.JPG