Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

इन्द्रसरोवर हुँदै काठमाडौँ जोड्ने दुबै सडक सुचारु

काठमाडौं–हेटौँडा चल्ने छोटो दुरीको सडक अन्तरगत इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी– फाखेल हुँदै फर्पिङ जोडिने सडक खण्डमा रहेको पहिरो तथा अवरोधहरु हटाइएको छ । जसले गर्दा उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन गर्न सकिने भएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए । उनका अनुसार शुक्रबार राती पुन वर्षाद भएमा भने बाटो पुन अवरुद्ध हुन सक्ने छ । मकवानपुर तर्फको सिस्नेरी खण्ड र फाखेल खण्ड समेत सुचारु गराउने प्रयासमा ईन्द्रसरोबर गाउँपालिका र प्रहरीको टोली लागिरहेको छ । जसले गर्दा दक्षिणकाली–छैमले–सिस्नेरी सडक एकतर्फी सुचारु गरिएको छ । शुक्रबार अपरान्हदेखि पूर्वाधार विकास कार्यालय ललितपुरको व्यवस्थापनमा सिस्नेरीसम्म एकतर्फी गरिएको हो । 

तीन दिन लगाएर सिस्नेरीसम्म मोटरसाइकल र साना सवारी संचालन हुने गरी पहिरो पन्छाएको इन्जिनियर हरिप्रसाद ओझाले बताए । तर नियमित सवारी संचालनका लागि जोखिम भने कम नभएको उनको भनाई छ । कमजोर भु–बनावटको कारण बर्षाको समयमा जुनसुकै समय पहिरो खस्ने भएकाले अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउनु उपयुक्त हुने जनाईएको छ । जोखिम बढि रहेकाले सावधानी नअपनाउने हो भने क्षति हुन सक्नेतर्फ सचेत रहन प्राविधिकहरुको सुझाव छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg