Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्द्रसरोवरमा विदेशबाट आएकाहरुको ज्वरो जाँच्न सुरु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विदेशबाट आएकाहरुको ज्वरो जाच्ने कार्य सुरु गरेको छ । गाउँपालिकाले बिहिबार आजबाट वडा नं २ कुलेखानीको १ जनामा ज्वरो जाँच गरी कामसुरु गरेको हो । भोलीबाट गाउँपालिकाको ५ वटै वडामा रहेको विदेशबाट आएका नागरिहरुको घरघरमै पुुगेर ज्वरो जाँच गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।
गाउँपालिका सँग ज्वरो जाँच्ने मेशिन नहुँदा ज्वरो जाँच्ने काम गर्न नसकिरहेको अवस्थामा गाउँपालिकालाई २ थान ज्वरो जाच्ने मेशिन प्राप्त भएपछि सो कार्य आजैबाट सुरु गरिएको अध्यक्ष लामाले जानकारी बताए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।