Wednesday, 24th June, 2026
वि.स.

इन्जिनियरहरुलाई काममा फर्किन निर्देशन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई काममा फर्किन निर्देशन  दिएको छ । साथै उसले इन्जिनियरहरुलाई तोकिएको जिम्मेवारी अनुसार काम गर्न निर्देशनसमे दिएको छ । नभए कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
उनीहरुको राजिनामाप्रति अचाफ्नो ध्यानाकर्षण  भएको भन्दै प्राधिकरणले पुनर्निर्माणमा खटिएका जनशक्तिलाई बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निार्णय भइसकेको जनाएको छ ।
‘भूकम्प पीडित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा अघि बढिरहेको र सुविधा सम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज हुँदैन ।’ प्राधिकरणले भनेको छ । 
उसले इन्जिनियरहरुलाई उसले जनाउ दिएको छ ‘सेवा सुविधा दिने गरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्पबाट मर्माहत भएका भूकम्प पीडित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानून अनुसार कारवाही हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०