Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आलु प्रयोग गर्नुस् : ९ खाले छालाको समस्याबाट छुटकारा पाउनुस्

आलु हामी दिनहुँ खान्छौं । तर हामीलाई थाहा नहुन सक्छ, आलु छालाको लागि निकै उपयोगी हुन्छ । आलुको प्रयोगले छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।
आलुको प्रयोग गर्नाले निम्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

आँखाको कालो घेरा : आलुले आँखाको कालो घेरालाई हटाउन मद्दत गर्छ । आलुलाई ताछ्ने अनि त्यसलाई स–सानो टुक्रा बनाएर आँखामा राख्ने ।
१० देखि १५ मिनेटसम्म राखेपछि मनतातो पानीले मुख धुने । यो उपायलाई नियमित रूपमा प्रयोग गरेमा छिट्टै यो समस्याबाट छुटकारा पाउन सकिनेछ ।
चाउरी : आलुलाई पिसेर त्यसको रस निकाल्ने, त्यसमा ग्लिसरिन र काँचो दूध मिसाएर अनुहारमा लगाउने । १५ मिनेट सम्म राख्ने अनि अनुहार पखाल्ने । यसो गर्नाले अनुहारमा देखिएको चाउरी बिस्तारै हटेर जान्छ ।
अनुहारको दाग :अनुहारको खटिरा र दाग हटाउन आलुलाई पिसेर त्यसको रसमा कागती मिसाएर लगाउने र १५ मिनेटपछि बिस्तारै हातले मसाज गरेर अनुहार धुने । यसको नियमित प्रयोगले अनुहारमा फरक ल्याउनेछ ।
घामले डढेको छाला : आलु र गोलभेंडालाई एकैसाथ ग्राइन्डरमा पिसेर पेस्ट बनाउने र यसलाई केही समयसम्म फ्रिजमा राखी चिसो बनाउने । यो पेस्टलाई घामले डढेको ठाउँमा राम्ररी लगाउने र १० देखि १५ मिनेटपछि यसलाई पखाल्ने ।
चिल्लो छाला : चिल्लो छाला भएकाहरूलाई मुलतानी माटो र आलुको रस मिसाएर प्याक बनाएर लगाउँदा धेरै फाईदा पु—याउँछ । यसलाई लगाएर केही समय सुक्न दिएपछि मात्र पखाल्नुपर्छ । यो उपाय अपनाउनाले चिल्लो छालाको समस्याबाट मुक्ति पाउन सकिनेछ ।
छाला चम्काउन : आलुलाई उसिनेर मुछ्ने अनि त्यसमा थोरै जैतुनको तेल र काँचो दूध राखी पेस्ट बनाएर अनुहारमा लगाउने । यसलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि मनतातो पानीले पखाल्ने । यसो गर्नाले अनुहारको चमक बढ्दै जानेछ ।
चम्किलो कपाल : आलुलाई राम्ररी धोएर ताछ्ने र ताछेको बोक्रालाई पानीमा राखेर उमाल्ने । केही समय उमालेपछि आलुको बोक्रालाई छान्ने र छानेको पानीमा दुई चम्चा चुक अमिलो मिसाउने । कपाल नुहाइसकेपछि यो पानीले कपाललाई पुनः राम्ररी पखाल्ने । यसो गर्नाले कपाल चम्किलो हुन्छ ।
सुख्खा कपाल : तीन चम्चा आलुको रसमा दुई चम्चा घिउकुमारीको रस अनि एक चम्चा मह मिसाएर प्याक बनाउने र यसलाई कपालमा राम्ररी लगाउने । यसलाई लगाएको एक घण्टापछि राम्ररी कपाल पखाल्ने । समय समयमा यसको प्रयोग गर्नाले कपाल सुख्खा हुने समस्याबाट छुटकारा पाइन्छ । लोकान्तरको सहयोगमा