nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आमभञ्न्याङका महिलालाई कानूनी अभिमुखीकरण

आमभज्याङ गाविसका महिलाहरुलाई लक्षित गरी सुरु गरिएको सशक्तिकरण कार्यक्रम समापन भएको । मंसीर १७ गतेबाट सुरु भएको महिला सशिक्तकरण कानूनी अभिमुखीकरण कार्यक्रम आज बुधबार समापन गरिएको हो ।

स्थानीय महिलाहरुलाई लक्षित गरी आमभज्याङ गाविस वडा नम्बर ३ धादिङ, वडा नम्बर ४ ज्यामिरे र वडा नम्बर ७ बागदलीमा कार्यक्रम सञ्चालन भएको थियो । अन्तरपार्टी महिला सञ्जाल आमभञ्ज्याङकी गोपिनी दुलालको अध्यक्षता तथा अन्तरपार्टी महिला सञ्जाल मकवानपुरका पूर्व अध्यक्ष लक्ष्मी माझीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

अभिमुखीकरण समापन समारोहमा प्रशिक्षकहरु अधिवक्ता ललिता श्रेष्ठ र अधिवक्ता केशव प्रसाद गौतम, गाविस सचिव युवराज चौलागाईं, गाविसका प्रविधिक हरि धिताल, नेपाली कांग्रेसका बलराम घिमिरे, एमालेका टिका दाहाल, नेकपा माओवादी केन्द्रका कृष्ण चौलागाईं लगायतको आतिथ्यता रहेको थियो । अन्तरपार्टी महिला सञ्जाल आमभञ्ज्याङको आयोजना र आमभञ्ज्याङ गाउँ विकास समितिको आर्थिक सहयोगमा सञ्चालित अभिमुखीकरणमा तीन वटै स्थानमा गरी ७५ जना महिलाहरुले सहभागिता जनाएका आयोजकले जानकारी दिएको छ ।