nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आफ्नो वडा देशैकै नमुना बनाउँदै सुर्यबिनायक वडा अध्यक्ष थापा
-लेखक: सन्दिप खनाल

Suraaaaaaaa-1590642416.jpg
  •  सन्दिप खनाल

विकास एक अभियान हो । जसमा सबैको हातेमालो आबश्यक हुन्छ । यो कुरालाई निकै गहन अध्ययन र चिन्तन गरेका अनुभबी राजनितीज्ञ तथा सुर्यबिनायक नगरपालिका ८ नम्बर वडाका वडाध्यक्ष किरण थापा । जसले आफ्नो राजनितिलाई ब्यबसाय बनाएनन् बरु आफ्नो ब्यवसाय संगसगै राजनितिलाई अगाडि लगे । राजनिती एक सेवा हो जसलाइ पेशा बनाइनु हुदैन भन्ने दह्रो अडान राखे । 

उहाँको परिचय एक सफल ब्यबसायी भन्दा माथी उठेर अत्यन्त सफल राजनीतिज्ञको हुन पुगेको छ । शिक्षाको ज्योती मानव जिवनको सम्मुनती भन्ने मुलनारालाइ नारामा मात्र गरेका छैनन कार्यन्बयन तहमा लगेर एक शिक्षित सम्मुनत नगरपालिका बनाउन उद्धत पनि छ्न जहाँ इच्छा तेहा उपाय भन्ने उक्तिलाई बुझेका यी राजनितीज्ञ कसरी हुन्छ आफ्नो क्षेत्रलाई अगाडि बढाउन अहोरात्र खटिएका नै छ्न । लाग्छ, जनहितलाई नै सर्बोपरी मान्ने यस्ता २०/३० जना मात्र नेता पनि देशले पाएको भए आज नेपाल, नेपाल मात्र नभएर सम्मुनत नेपाल बन्थ्यो होला । कोरोना कहरको समयमा पनि उचित बन्दोबस्ती राहत बितरण जनताको जनजिबिकाको सुरक्षा, स्वास्थ्य, हेरचाह त कहिले जगातीमा विभिन्न संघसस्थाको साथमा निमुखा जनतालाई भोजन गराउने कार्यमा सधै तल्लिन रहन्छन् । विकासको परिभाषालाई राम्रोसंग बुझेका नेता जस्ले भौतिक विकासलाइ मात्र विकास नमानेर भौतिक सगसगै आर्थीक राजनितिक सामाजिक सास्कृतिक र शैक्षिक बिकास नै ससर्वाङ्गिन ठान्दै  कहिले पुराना ऐतिहासिक सम्पदा संरक्षण गर्न योजना बनाउँछ्न त कहिले सडकमा विश्वासिलो प्रविधी आस्फाल्ट नै प्रयोग गर्ने नीति अपनाउछ्न र कार्यन्वयन गर्छन त कहिले खानेपानीको अभाबलाई परिपुर्ती गर्न अल्पकालीन मध्यकालिन र दीर्घकालीन नीति तर्जुमा गर्छन र टयान्कर देखि डिप बोरिङ साथै मेलम्ची सम्मको योजना आफ्नो वडामा लैजान्छ्न । 

राजधानीसंग यति नजिक भएर पनि विद्युतिकरण हुन नसकेको क्षेत्रमा यिनै राजनितीज्ञले गरेर आज ८ नम्बर वडा पुर्ण रुपमा उज्यालो हुन पुगेको छ । जनताको हरेक सुख दुखमा जहाँ भए पनि जुन अबस्थामा भए पनि साथ दिन पुग्छन आज उहाँको कार्य बुझ्ने सबैले भन्न थालेका छन नेता हुन त यस्तो अहिले वडा अध्यक्ष हुँदा त यस्तो काम गर्छन भोलि मेयर हुँदा उहँँले हाम्रो नगरपालिकालाई कायापलट नै गर्न सक्छ्न । त्यसैले किरण आज हाम्रो नगरपालिकाको साच्चै नै आशाको चम्किलो किरण हुन सफल भएका छन् ।