nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आज र भोलि देशभर भारी वर्षा हुने: कुन ठाउँ बढि जोखिममा ?

मनसुन पुनः सक्रिय भएसँगै बुधबार (आज) र बिहीबार ( भोलि) देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । यस्तै देशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

यस्तै बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । खासगरी पूर्वी तराई र मध्य पहाडी क्षेत्रमा धेरै वर्षा हुने सम्भावना देखिएकाले उक्त क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । काठमाडौं उपत्यकामा पनि भारि वर्षाको सम्भावना रहेकाले सजग हुन अपिल गरिएको छ । 

पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण ८ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । 
राती: देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशका थोरै स्थानहरुमा  भारी वर्षा  हुने सम्भावना छ ।

श्रावण ९  गते (बिहीबार )
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ । 

श्रावण १० गते (शुक्रबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)