nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

आजको तपाईको राशिफल

RSI-1599267766.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्ने छन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्ने छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ । आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्म, कर्म तथा परोपकारमा प्रवृत्त भइएला । दिगो कामको जग बसाउनुका साथै व्यवसाय विस्तार गर्ने समय छ । सामाजिक दायित्व बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । समस्याले रहस्य पत्ता लगाउन सहयोग गर्नेछ । शुभचिन्तकहरू जुट्नाले आश मारेको फल पुनः प्राप्त हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । पहिले बिग्रिएको काममा पुनः प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान दिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइबाट सहयोग मिल्ने छ । स्वास्थ्य भने अलि कमजोर रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहने छ । लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउने छ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने छ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । नियमित काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षा गरिएको नतिजा पनि सबल रहने छ । मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ । स्वास्थ्य चिन्ताले भने अलि सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइने छ । प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनु पर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउने छ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिने छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउने छ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिने छ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप बढ्ने छ । व्यापारमा समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै बोल्ने बानीले गोपनीयता बाहिरिन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहने छ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नु होला । धेरै मिहिनेत गर्दा मात्र चिताएको काम बन्ने छ । बोलीको प्रभाव कमजोर रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहने छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बिछोडिएका आफन्त पनि नजिकिने छन् । अरूका लागि अलमलिनु पर्दा आफ्नो काम रोकिन सक्छ । प्रयत्न गर्दा पहिलेका कमजोरी सुधार्ने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । विश्राम र खानपानमा ध्यान पुर्‍याउनु होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg