Tuesday, 25th August, 2026
वि.स.

आकाश गंगाकी रेडियोकर्मी रिजाल द्वितीय

यूनेस्को काठमाण्डौँ तथा मेगा स्कील टे«निङ एण्ड रिसर्च सेन्टरको सहकार्यमा स्थानिय रेडियो तथा अन्यसञ्चार माध्यममा किशोरी तथा महिला शिक्षा सम्बन्धी रेडियो सामाग्री प्रस्तुतीकरणमा मकवानपुरको रेडियो आकाश गंगाकी कार्यक्रम प्रमुख भावना रिजाल द्धितिय हुनु भएको छ । रिजालले मकवानपुर जिल्लाका  अधिकाँश सामुदायिक विद्यालयका छात्राहरु घर धन्दा सकाएर विद्यालय जानु वाध्यता रेडियो रिपोट प्रस्तुत गर्नु भएको थियो । नवलपरासी जिल्लाको कावसोतीको विजय विकास स्रोत केन्द्रमा भएको कार्यक्रममा ८ वटा जिल्लाको  १५ वटा एफएमका पत्रकार महिलाको सहभागिता रहेको थियो । 

तालिममा रेडियो आकाश गंगाका कार्यक्रम प्रमुख भावना रिजालले तयार पार्नु भएको रेडियो रिर्पोटमा सामुदायिक विद्यालयका छात्राहरुले भेगेका समस्यालाई उजागर गरिएको थियो । रिजालसँगै सप्तकोशी एफएम इटहरी सुनसरीकी रोमा रिजाल प्रथम हुनु भएको छ । प्रथम हुनु भएकी रोमा रिजालले अध्यायनको लागि अंश लिँदै मधेसी महिला रेडियो सामाग्री प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी रेडियो विराटकी हिमा रसाइली र रेडियो सरगमकी मेनुका राउत तृतिय स्थान हाँसिल गर्नु भएको हो । सो प्रस्तुतीकरण कार्यक्रमका मुख्य निर्णायक शिक्षा मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मी, यूनेस्कोका कार्यक्रम संयोजक लक्ष्मण खनाल, मेगा स्कील टे«निङ एण्ड रिसर्च सेन्टरका प्रवन्ध निदर्शेक ओम शर्मा चापागाई रहेका थिए । प्रथम ,द्धितिय र तृतीयलाई नगद सहित प्रमाण प्रत्र प्रदान गरिएको थियो ।

रुपक कालिराज
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif